००:००:००
ट्रेन्डिङ
समाचार

युवाहरुलाई हरेस नाखाने सन्देश दिन उल्टो साईकल चलाउँदै महोत्तरीका जे.बी.पोखरेल

Rangamanch
Rangamanch
२०२५ डिसेम्बर ३०
96
500
युवाहरुलाई हरेस नाखाने सन्देश दिन उल्टो साईकल चलाउँदै महोत्तरीका जे.बी.पोखरेल
सारांश
जनकपुर । ‘युगले हार्न सक्छ युवाहरु नहार, सबल बनाउ थेग्न कांध मातृ भूमीको भार’ यो गीत गुनगुनाउँदै जनकपुरधामको मुख्य प्रवेशद्वारा रामानन्द चोकमा उल्ट...

जनकपुर । ‘युगले हार्न सक्छ युवाहरु नहार, सबल बनाउ थेग्न कांध मातृ भूमीको भार’ यो गीत गुनगुनाउँदै जनकपुरधामको मुख्य प्रवेशद्वारा रामानन्द चोकमा उल्टो साईकल चलाएर घुमिरहेका जीवनाथ पोखरेलले सबैको ध्यान तानेका छन् ।

ह्यान्डल विनाको दुई पाँङ्ग्रे साईकल त्यसमा पनि उल्टो हाकिँरहेको देखेर कसैले मोबाईल निकालेर फोटो खिच्छन् भने कसैले रोकेर पोखरेलसंग सेल्फि लिने गर्छन । महोत्तरीको बर्दिवास वडा नं. १ घर भएका जे.बी पोखरेल नामले चर्चित उल्टो साईकल यात्री पेसाले स्वास्थ्यकर्मी हुन । पोखरेल महोत्तरीको वर्दिवास नगरपालिका अन्तर्गत जनस्वास्थ्य निर्देशक हुन । विदाका दिनहरुमा उल्टो साईकल चलाएर वातावरण संरक्षण गर्ने सन्देश फैलाउने काम गर्छन उनी ।

२०६३ सालमा उल्टो साईकल चलाएर मेची महाकाली यात्रा गरेर उनले निकै चर्चा बटुलेका थिए । सो बेला उनले प्रयोग गर्ने साईकलमा ह्यान्डल थियो भने अहिले उनले बिना ह्यान्डल भएको साईकल प्रयोग गरी उल्टो चलाउने गर्छन ।

करीब २० वर्ष देखि उनले उल्टो साईकल चलाईरहेको उनले बताए । पोखरेलले अहिले प्रकृति संरक्षण र युवाहरुलाई स्वदेशमै बसेर केही सृजनात्मक र उत्पादनमूलक काम गर्न उत्प्रेरणा दिने उद्येश्यका साथ ठाउँ ठाउँमा उल्टो साईकल चलाउने गरेको बताए । उनले केही दिन अघि मात्र काठमान्डौमा उल्टो साईकल चलाएका थिए भने अब पोखरेल पोखरा जान लागेको बताए ।

पोखरेलले एक पटकमा लगातार १०० किलोमिटर उल्टो साईकल चलाउन सक्ने दाबी गरेका छन् । उनले आगामी दिनमा उल्टो साईकल चलाएर गीनिज बुकमा नाम लेखाउन प्रयास गर्ने बताए ।

उनले साईकल प्रयोग गर्न सबैलाई आग्रह गर्दै प्रकृतिको संरक्षणमा सबैजना लाग्नु पर्ने बताए । पोखरेलले विदेश जाने युवाहरुलाई नेपालमै प्रशस्त सम्भावनाहरु रहेकाले केही फरक काम गरेर स्वदेशमै रोजगार बन्न सल्लाह दिए ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार