मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

’रंगी’ का लेखक सुमन गजमेरले ’हाम्रो सानो घर’ बाट निर्देशनमा डेब्यु गर्ने ।

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ अगस्ट १४
967
10.5K
’रंगी’ का लेखक सुमन गजमेरले ’हाम्रो सानो घर’ बाट निर्देशनमा डेब्यु गर्ने ।
सारांश
नेपाली चलचित्र ‘रंगी’ का लेखक सुमन गजमेरले चलचित्र निर्देशनमा डेब्यु गर्ने भएका छन् ।

काठमाडौं । नेपाली चलचित्र ‘रंगी’ का लेखक सुमन गजमेरले चलचित्र निर्देशनमा डेब्यु गर्ने भएका छन् । गजमेरले आफ्नो पहिलो निर्देशकीय चलचित्र ‘हाम्रो सानो घर’ निर्देशनको तयारी अघि बढाएका हुन् । ‘हाम्रो सानो घर’ को कथा, पटकथा तथा निर्देशन गजमेर स्वयंले गर्नेछन् । निर्माण पक्षका अनुसार चलचित्रले समकालीन पुस्ता अर्थात् जेनेरेसन–जेड Z को जीवन, प्रेम, सपना, सम्बन्ध र सामाजिक यथार्थलाई कथाको केन्द्रमा राख्नेछ ।

प्रेमकथामा आधारित हुने चलचित्रले मनोरञ्जनसँगै नेपाली समाजमा विद्यमान जातीय तथा वर्गीय विभेद, बदलिँदो सामाजिक सोच र नयाँ पुस्ताका आकांक्षालाई समेत उठान गर्ने निर्देशक गजमेरले बताएका छन् । गजमेरका अनुसार ‘हाम्रो सानो घर’ मार्फत नेपाली दर्शकलाई फरक स्वादको प्रेमकथा प्रस्तुत गर्ने प्रयास गरिनेछ । “यो केवल प्रेमकथा मात्र होइन, नयाँ पुस्ताले समाज र सम्बन्धलाई कसरी हेर्छ भन्ने प्रश्न पनि चलचित्रले उठाउनेछ,” गजमेरले बताए ।

चलचित्र रे अफ आर्ट प्रालिको ब्यानरमा निर्माण हुनेछ । निर्माण पक्षका अनुसार यसअघि रे अफ आर्टले चलचित्र ‘परिवार’ निर्माण गरिसकेको छ, जुन हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा छ । चलचित्रसँगै कम्पनीले विभिन्न म्युजिक भिडियो, सिरिज तथा डकुमेन्ट्री निर्माणमा समेत काम गरिसकेको जनाएको छ ।

हाल चलचित्रका कलाकार तथा प्राविधिक टोली छनोटको काम अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ । कलाकार तथा प्राविधिक टोली टुंगो लागेपछि चलचित्रको छायांकन सुरु गरिनेछ ।

निर्देशनमा डेब्यु गर्नुअघि गजमेरले ओस्कार इन्टरनेसनल कलेजबाट फिल्म राइटिङ एन्ड डाइरेक्टिङ विषयमा स्नातक अध्ययन पूरा गरेका थिए । त्यसपछि उनले ‘कठपुतली’, ‘बाबरी’, ‘महापुरुष’ र ‘बलिदान’ लगायतका चलचित्रमा सहायक निर्देशकका रूपमा काम गरेका छन् ।

लेखनमा समेत सक्रिय गजमेरले ‘रंगी’, ‘एक्का तीन : च्याप्टर १’, ‘शेर्वा’, ‘भित्ते पात्रो’ लगायतका चलचित्रमा लेखकका रूपमा काम गरिसकेका छन् । उनले लेखेको "Hello Bro" सिरिजसमेत प्रसारण भइसकेको छ । गजमेरले निर्देशन गरेको लघु चलचित्र ‘बत्तीको पुतली’ विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा समेत छनोट भइसकेको छ । सामाजिक यथार्थ, ग्रामीण जीवन, प्रेम, परिवार, बसाइँसराइ, वर्ग तथा जातीय विभेद र युवा पुस्ताका आकांक्षालाई कथाको केन्द्रमा राख्दै आएका गजमेरले ‘हाम्रो सानो घर’ मार्फत अब निर्देशकका रूपमा आफ्नो नयाँ यात्रा सुरु गर्न लागेका हुन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार

काठमाडौं । यही मंसिर ११ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘सारथी’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे संक्षिप्त जानकारी दिएको छ ।  ग्रामीण परिवेशमा आधारित फिल्मले मुख्य रूपमा आमा–छोराको भावनात्मक सम्बन्ध र बाबु–छोराबीचको द्वन्द्वलाई प्रस्तुत गर्ने ट्रेलरबाट बुझ्न सकिन्छ । ट्रेलरको सुरुवातमै सुनिने ‘कसको भुँडी बोकेको हो र ?’ भन्ने संवादले फिल्मको मूल कथातर्फ संकेत गर्छ ।  विवाहअघि नै गर्भवती भएकी महिलाले समाजमा भोग्नुपर्ने अपहेलना, आमाबाट टाढिएका बाबुसँग छोराले गर्ने संघर्ष र आमाप्रतिको छोराको माया तथा जिम्मेवारीलाई फिल्मले मुख्य विषय बनाएको देखिन्छ ।  कुमार गजुरेलको निर्देशनमा बनेको फिल्ममा निरुता सिंह, उत्तम प्रधान, गिरी विश्वकर्मा, गायत्री जोशी, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापालगायतका कलाकारको अभिनय छ । यही फिल्ममार्फत निरुता र उत्तम करिब दुई दशकपछि ठूलो पर्दामा एकसाथ देखिन लागेका हुन् ।  किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन् । रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको फिल्ममा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माताका रूपमा छन् ।  फिल्ममा संकल्प भुजेलको छायांकन, तारा थापाको सम्पादन तथा बाबुल गिरी र प्रशान्त सिवाकोटीको संगीत रहेको छ ।

56 मिनेट अगाडि