मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
समाचार

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि रोक्न सनिशा भट्टराईको आग्रह

admin
admin
1 घण्टा अगाडि
2
540
सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि रोक्न सनिशा भट्टराईको आग्रह
सारांश
अभिनेत्री सनिशा भट्टराईले सामाजिक सञ्जालमा आफूलाई लक्षित गरेर भइरहेका अनावश्यक गतिविधि बन्द गर्न आग्रह गरेकी छन् ।

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि रोक्न सनिशा भट्टराईको आग्रह

काठमाडौं । अभिनेत्री सनिशा भट्टराईले सामाजिक सञ्जालमा आफूलाई लक्षित गरेर भइरहेका अनावश्यक गतिविधि बन्द गर्न आग्रह गरेकी छन् ।

उनले पछिल्लो केही महिनादेखि एक व्यक्तिले पटक–पटक विभिन्न माध्यमबाट आफूलाई सम्पर्क गर्ने, कमेन्ट गर्ने तथा आपत्तिजनक गतिविधि गरिरहेको दाबी गरेकी छन् । व्यक्तिगत सामाजिक सञ्जाल अकाउन्टबाट ब्लक गरेपछि पनि नयाँ–नयाँ अकाउन्ट बनाएर सम्पर्क गर्ने क्रम नरोकिएको उनको भनाइ छ ।

भट्टराईका अनुसार आफूलाई लक्षित गरिएका त्यस्ता टिप्पणी आफ्ना समाचार, पोस्ट तथा अन्य सार्वजनिक सामग्रीमा समेत निरन्तर देखिने गरेका छन् ।

उनले विभिन्न अकाउन्ट एउटै व्यक्तिले सञ्चालन गरेको हुनसक्ने आशंका व्यक्त गरेकी छन् । यद्यपि, यसबारेको वास्तविकता सम्बन्धित निकायको अनुसन्धानपछि मात्रै यकिन हुने उनले स्पष्ट पारेकी छन् ।

सामाजिक सञ्जालमार्फत अपिल गर्दै अभिनेत्री भट्टराईले यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित व्यक्तिलाई चेतावनी दिएकी छन् । गतिविधि नरोकिए कानुनी प्रक्रियामा जाने उनको भनाइ छ अनावश्यक कमेन्ट र मेसेज गर्नेविरुद्ध सनिशाले दिइन् कानूनी उपचारको चेतावनी सामाजिक सञ्जालमा आपत्तिजनक अनावश्यक कमेन्ट र मेसेज गर्नेविरुद्ध सनिशाले दिइन् कानूनी उपचारको चेतावनी

साझा गर्नुहोस्:

सम्बन्धित समाचार