मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
ट्रेन्डिङ
समाचार

नाना पाटेकरको निधनमा मनिषा कोइराला भावुक, पुरानो सम्बन्ध फेरि चर्चामा

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
3
560
नाना पाटेकरको निधनमा मनिषा कोइराला भावुक, पुरानो सम्बन्ध फेरि चर्चामा
सारांश

काठमाडौं । बलिउड अभिनेता नाना पाटेकरको निधनपछि नेपाली मूलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेकी छन्। गोवा...

काठमाडौं । बलिउड अभिनेता नाना पाटेकरको निधनपछि नेपाली मूलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेकी छन्। गोवास्थित आफ्नै निवासमा बिहीबार हृदयघातका कारण नानाको निधन भएको खबरपछि मनिषाले आफू दुःखी भएको बताएकी हुन्।

मनिषाले नानाको फिल्म क्षेत्रमा रहेको योगदान र आफ्नो कर्मप्रतिको समर्पण सधैं स्मरणीय रहने उल्लेख गरेकी छन्।

नानाको निधनसँगै कुनै समय उनी र मनिषा कोइरालाबीच रहेको निकट सम्बन्ध पनि फेरि चर्चामा आएको छ। दुवैले पहिलोपटक सन् १९९६ मा रिलिज भएको फिल्म ‘अग्निसाक्षी’मा सँगै काम गरेका थिए। फिल्मको निर्माणका क्रममा उनीहरूबीच निकटता बढेको भारतीय सञ्चारमाध्यमका पुराना रिपोर्टहरूमा उल्लेख छ।

त्यसपछि ‘खामोशी : द म्युजिकल’मा पनि सँगै काम गरेका उनीहरूबीचको सम्बन्ध अझ प्रगाढ भएको बताइन्छ। मनिषा नानाकी आमा र छोरालाई भेट्न उनको घरमा समेत जाने गरेको नानाले एक अन्तर्वार्तामा बताएका थिए।

त्यतिबेला नाना श्रीमतीसँग अलग बस्दै आए पनि उनीहरूले सम्बन्धविच्छेद गरेका थिएनन्। नानाले डिभोर्स गर्न नमानेपछि मनिषा उनीबाट टाढिँदै गएको भारतीय मिडियाका पुराना रिपोर्टमा उल्लेख छ।

यद्यपि, नानाले मनिषाको खुलेर प्रशंसा गर्ने गरेका थिए। सन् १९९७ को एक अन्तर्वार्तामा उनले मनिषालाई आफूले देखेका सबैभन्दा संवेदनशील अभिनेत्रीमध्ये एक भन्दै उनको अभिनय क्षमताको प्रशंसा गरेका थिए।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार