मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
ट्रेन्डिङ
समाचार

वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
4
580
वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
सारांश
भारतीय चलचित्र क्षेत्रका वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। उनका छोरा मल्हार पाटेकरले उनको निधनको पुष्टि गरेका हुन्।

काठमाडौं । भारतीय चलचित्र क्षेत्रका वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। उनका छोरा मल्हार पाटेकरले उनको निधनको पुष्टि गरेका हुन्।

पाटेकरको बिहीबार बिहान गोवास्थित आफ्नै निवासमा हृदयाघातका कारण निधन भएको हो। उनलाई घरमा अचेत अवस्थामा भेटिएपछि तत्काल मणिपाल अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकहरूले करिब ४५ मिनेटसम्म सीपीआर दिए पनि उनलाई बचाउन सकेनन्।

पाटेकर भारतीय सिनेमाका चर्चित अभिनेतामध्ये एक थिए। दमदार अभिनय र विशिष्ट संवाद प्रस्तुतिका लागि परिचित उनले हिन्दी तथा मराठी चलचित्र र रङ्गमञ्चमा लामो समय योगदान दिएका थिए। उनले तीनवटा राष्ट्रिय चलचित्र पुरस्कारसमेत जितेका थिए। ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अब तक छप्पन’, ‘नटसम्राट’, ‘वेलकम’ लगायतका चलचित्रमा उनको अभिनय चर्चित छ।

उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूले श्रद्धाञ्जलि अर्पण गरेका छन्। मोदीले पाटेकरको बहुआयामिक अभिनय क्षमता र विशिष्ट व्यक्तित्वको प्रशंसा गर्दै उनका चलचित्रका पात्रहरू पुस्तौँसम्म सम्झिइरहने बताएका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार