मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
समाचार

२ करोड लगानीको ‘रमणी’ सञ्चालनमा आएको केही समयमै एलिनालाई अर्को झट्का

रङ्गमञ्च
रङ्गमञ्च
56 मिनेट अगाडि
56
1.6K
२ करोड लगानीको ‘रमणी’ सञ्चालनमा आएको केही समयमै एलिनालाई अर्को झट्का
सारांश
गायिका एलिना चौहानले सञ्चालनमा ल्याएको पहिरन तथा श्रृंगारसम्बन्धी आउटलेट ‘रमणी बाइ एलिना’ सञ्चालनमा आएको केही समयमै नयाँ ठाउँमा सार्नुपर्ने भएको छ ।

काठमाडौं । गायिका एलिना चौहानले सञ्चालनमा ल्याएको पहिरन तथा श्रृंगारसम्बन्धी आउटलेट ‘रमणी बाइ एलिना’ सञ्चालनमा आएको केही समयमै नयाँ ठाउँमा सार्नुपर्ने भएको छ ।

एलिनाले गत साउनको पहिलो साता मध्य बानेश्वरमा करिब २ करोड रुपैयाँ लगानीमा ‘रमणी बाइ एलिना’ सुरु गरेकी थिइन् । सञ्चालनमा आएको केही समयमै व्यवसायले गति लिन थाले पनि घरसम्बन्धी विवादका कारण उनले आउटलेट स्थानान्तरण गर्नुपरेको हो ।

उक्त भवन खाली गर्न सहकारीले ३५ दिने सूचना टाँसेपछि एलिनाले नजिकैको अर्को घरमा सामान सार्न थालेकी छन् । भवन विवादित रहेको र खाली गर्न सूचना जारी भएपछि आफू समस्यामा परेको एलिनाले बताएकी छन् ।

एलिनाका अनुसार आउटलेट उद्घाटन भएको तीन दिनपछि नै घरबेटीले ठाउँ खाली गर्न भनेका थिए । तर, त्यतिबेला उनले उक्त विषय सार्वजनिक गरेकी थिइनन् ।

‘रमणी’ आफ्नो सपना भएकाले आएको समस्याबाट पछि नहट्ने बताउँदै एलिनाले नयाँ स्थानमा व्यवसायलाई निरन्तरता दिने बताएकी छन् । नयाँ ठाउँमा आउटलेट सार्दा थप ४० देखि ५० लाख रुपैयाँसम्म खर्च हुने उनको भनाइ छ ।

‘रमणी’लाई आफ्नो मेहनत र सपनासँग जोड्दै एलिनाले आफू यो समस्याबाट नढल्ने र फेरि उठेर व्यवसायलाई निरन्तरता दिने बताएकी छन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार