मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

नेपालमा दोस्रो सर्वाधिक कमाइ गर्ने विदेशी फिल्म बन्यो ‘रामायण’, ‘पुष्पा २’को रेकर्ड नजिक

रङ्गमञ्च
रङ्गमञ्च
6 घण्टा अगाडि
3
560
नेपालमा दोस्रो सर्वाधिक कमाइ गर्ने विदेशी फिल्म बन्यो ‘रामायण’, ‘पुष्पा २’को रेकर्ड नजिक
सारांश
नितेश तिवारी निर्देशित फिल्म ‘रामायण: राइज अफ अ लेजेन्ड’ले नेपाली बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ । प्रदर्शनको १५ दिनमै फिल्मले नेपालमा २४ करोड ५५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।

काठमाडौं । नितेश तिवारी निर्देशित फिल्म ‘रामायण: राइज अफ अ लेजेन्ड’ले नेपाली बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ । प्रदर्शनको १५ दिनमै फिल्मले नेपालमा २४ करोड ५५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।

नेपालका वितरक एप्पल इन्टरटेन्मेन्टका अनुसार बिहीबार बेलुकासम्मको कमाइसँगै ‘रामायण’ नेपालमा सर्वाधिक कमाइ गर्ने दोस्रो विदेशी फिल्म बनेको छ । यसअघि दोस्रो स्थानमा रहेको ‘बाहुबली २’ले नेपालमा २३ करोड रुपैयाँ कमाएको थियो ।

अब फिल्मको नजर सर्वाधिक कमाइ गर्ने विदेशी फिल्म ‘पुष्पा २’को रेकर्डमा छ । ‘पुष्पा २’ले नेपालमा २६ करोड ४६ लाख रुपैयाँ ग्रस कमाइ गरेको थियो । उक्त रेकर्ड तोड्न ‘रामायण’ले अब करिब १ करोड ९१ लाख रुपैयाँ कमाउनुपर्नेछ ।

यसअघि प्रदर्शनको ८ दिनमै नेपालमा १६ करोड रुपैयाँभन्दा बढी कमाउने पहिलो विदेशी फिल्म बनेको ‘रामायण’ले तिहारको एक दिनमा मात्रै २ करोड ४८ लाख रुपैयाँसम्म ग्रस व्यापार गरेको थियो । तेस्रो सातामा प्रदर्शन भइरहँदा पनि फिल्मले दैनिक ३० लाख रुपैयाँसम्म कमाइ गरिरहेको जनाइएको छ ।

यता भारतमा पनि फिल्मको व्यापार उत्साहजनक छ । प्रदर्शनको १५ दिनमा फिल्मले ८६३ करोड भारु नेट कमाइसकेको छ । जसमध्ये हिन्दी संस्करणको कमाइ ६५७ करोड भारु रहेको छ । फिल्मको विश्वव्यापी कमाइ १५ सय करोड भारु नाघिसकेको छ ।

दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको ‘रामायण’ले नेपाली र भारतीय बक्स अफिसमा आफ्नो दबदबा कायम राखेको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार