मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
समाचार

बाढीपीडितको राहतका लागि केडिया परिवारद्वारा १ करोड सहयोग

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
76
1.8K
बाढीपीडितको राहतका लागि केडिया परिवारद्वारा १ करोड सहयोग
सारांश
भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि केडिया परिवारले १ करोड रुपैयाँ सहयोग गरेको छ ।

काठमाडौं । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि केडिया परिवारले १ करोड रुपैयाँ सहयोग गरेको छ ।

नेपालमा विभिन्न उद्योग सञ्चालन गर्दै आएको केडिया परिवारले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

मंगलबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर परिवारका तर्फबाट सहयोग रकमको चेक हस्तान्तरण गरिएको थियो । विपद्का कारण प्रभावित भएका नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको केडिया परिवारले जनाएको छ ।

भदौ १० गते भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढी तथा त्यसबाट उत्पन्न विपद्ले विभिन्न स्थानमा ठूलो क्षति पुर्‍याएको छ । प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनर्स्थापनाका काममा सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो ।

केडिया परिवारअन्तर्गत सुशील वनस्पति प्रालि, इन्दु शंकर चिनी उद्योग लिमिटेड, सीताराम गोकुल मिल्क्स प्रालिलगायत विभिन्न उद्योग सञ्चालनमा छन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार