००:००:००
ट्रेन्डिङ
समाचार

सरकारले भन्यो- शुक्रवार र शनिवार सकेसम्म बाहिर ननिस्किनू

रङ्गमञ्च
रङ्गमञ्च
2 घण्टा अगाडि
42
सरकारले भन्यो- शुक्रवार र शनिवार सकेसम्म बाहिर ननिस्किनू
सारांश
मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा हेर्दै आवश्यक सावधानी अपनाउन प्राधिकरणले सबैमा आग्रह गरेको छ।

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर प्रतिकूल मौसमको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणका अनुसार भोलि चैत ६ गते शुक्रबार र पर्सि ७ गते शनिबार देशका विभिन्न भागमा भारी वर्षा, हिमपात तथा तीव्र हावाहुरी आउने पूर्वानुमान गरिएको छ। विशेषगरी पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ भने तराई क्षेत्रमा समेत हावाहुरीको जोखिम रहने जनाइएको छ।

प्राधिकरणले अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गर्दै हावाहुरीका बेला घरका झ्यालढोका सुरक्षित रूपमा बन्द गर्न र आगोका स्रोतहरू नियन्त्रणमा राख्न सुझाव दिएको छ। सवारी साधन चलाइरहेका अवस्थामा सुरक्षित स्थानमा रोकिन तथा भिडभाडमा हुँदा नआत्तिन र भागदौड नगर्न पनि भनिएको छ।

यसैगरी, हावाहुरीको समयमा कमजोर संरचना, अग्ला रुख, टेलिफोन तथा बिजुलीका खम्बा र तारमुनि नबस्न, लत्रिएको विद्युत् तार नछुन र विद्युतीय उपकरण प्रयोग नगर्न पनि प्राधिकरणले सचेत गराएको छ।

मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा हेर्दै आवश्यक सावधानी अपनाउन प्राधिकरणले सबैमा आग्रह गरेको छ।

Article image
साझा गर्नुहोस्:

सम्बन्धित समाचार