मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

‘पाँच पाण्डव’को पहिलो गीत सार्वजनिक, दाजुभाइको सम्बन्धलाई देखाउँदै हरिवंशदेखि आर्यनसम्म

रङ्गमञ्च
रङ्गमञ्च
58 मिनेट अगाडि
2
540
‘पाँच पाण्डव’को पहिलो गीत सार्वजनिक, दाजुभाइको सम्बन्धलाई देखाउँदै हरिवंशदेखि आर्यनसम्म
सारांश
प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्म ‘पाँच पाण्डव’को पहिलो गीत सार्वजनिक गरिएको छ। कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ‘दाजुभाइजस्ता हुँदैनन् अरु’ बोलको गीतले दाजुभाइबीचको प्रेम, एकता र आत्मीय सम्बन्धलाई प्रस्तुत गरेको छ।

काठमाडौं । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्म ‘पाँच पाण्डव’को पहिलो गीत सार्वजनिक गरिएको छ। कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ‘दाजुभाइजस्ता हुँदैनन् अरु’ बोलको गीतले दाजुभाइबीचको प्रेम, एकता र आत्मीय सम्बन्धलाई प्रस्तुत गरेको छ।

सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत तथा डा. कृष्णहरि बरालको शब्द छ। गीतको भिडियोमा हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी र सुशील सिटौला दाजुभाइको भूमिकामा देखिएका छन्।

भिडियोमा युधिष्ठिरको भूमिकामा रहेका हरिवंश आचार्य आफ्ना भाइहरूको खोजीमा स्वर्गलोकबाट पृथ्वीलोक आएको प्रसंग देखाइएको छ। दाजुभाइबीचको सम्बन्धलाई भावनात्मक ढंगले प्रस्तुत गरिएको गीतको भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ।

वसन्त निरौलाको निर्देशनमा बनेको फिल्ममा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, इभा गिरी, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेललगायत कलाकारको अभिनय छ।

फिल्मकी निर्माता काली रानी श्रेष्ठ हुन् भने नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेका छन्। नवीनले यसअघि फिल्म ‘लाज शरणम्’ निर्माण गरेका थिए। पत्रकार सुशील पौडेलको लेखन रहेको फिल्ममा श्याम तामाङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन तथा रंग संयोजन र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको छ।

त्यस्तै, फिल्ममा सुजिल कर्माचार्यको पार्श्व संगीत, पुकार धिमालको भिएफएक्स तथा सम्राट बस्नेतको द्वन्द्व निर्देशन छ। गम्भीर विष्ट र विक्रम स्वाँरले फिल्मको कोरियोग्राफी गरेका छन्। फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ।

Daju Bhai Jasta Hudainan | PANCH PANDAV Movie Song |
साझा गर्नुहोस्:

सम्बन्धित समाचार