मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

पाँच दिनमै ‘कबड्डी ५’को कमाइ ७ करोड, बक्सअफिसमा दर्शकको उत्साहजनक साथ

admin
admin
51 मिनेट अगाडि
2
540
पाँच दिनमै ‘कबड्डी ५’को कमाइ ७ करोड, बक्सअफिसमा दर्शकको उत्साहजनक साथ
सारांश
फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले प्रदर्शनको पाँच दिनमा ७ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ। प्रदर्शनको सुरुवातदेखि नै दर्शकको राम्रो साथ पाएको फिल्मले बक्सअफिसमा आफ्नो पकड बलियो बनाउँदै लगेको हो।

काठमाडौं । फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले प्रदर्शनको पाँच दिनमा ७ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ। प्रदर्शनको सुरुवातदेखि नै दर्शकको राम्रो साथ पाएको फिल्मले बक्सअफिसमा आफ्नो पकड बलियो बनाउँदै लगेको हो।

फिल्मले प्रदर्शनको पहिलो तीन दिनमै ५ करोड २४ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो। सुरुवाती दिनदेखि नै धेरै शो पाएको फिल्मका अधिकांश शो अग्रिम बुकिङमै हाउसफुल भएका थिए। पाँच दिनसम्मको कमाइले पनि फिल्मप्रति दर्शकको आकर्षणलाई देखाएको छ।

‘कबड्डी’का अघिल्ला चारवटै शृंखलाले बक्सअफिसमा सफलता हासिल गरेका थिए। पाँचौँ शृंखलाले पनि दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाउँदै यो शृंखलाको लोकप्रियतालाई निरन्तरता दिएको छ।

रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की र शिशिर बाङ्देललगायत कलाकारको अभिनय छ।

फिल्ममा रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङको लगानी रहेको छ। सञ्जय लामाले छायांकन गरेको फिल्मको सम्पादन सुरेन्द्र पौडेलले गरेका हुन्।

सागर राज कार्यकारी निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत छ। फिल्मको कथा तथा निर्देशन रामबाबु गुरुङले गरेका हुन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार