मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

जिद्दी काजीको मनभित्रको माया देखाउने ‘बुझन मलाई’ सार्वजनिक

रङ्गमञ्च
रङ्गमञ्च
4 घण्टा अगाडि
3
560
जिद्दी काजीको मनभित्रको माया देखाउने ‘बुझन मलाई’ सार्वजनिक
सारांश
फिल्म ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’को नयाँ गीत ‘बुझन मलाई’ सार्वजनिक गरिएको छ। दसैंको अवसर पारेर कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरिरहेका बेला बिहीबार निर्माण पक्षले गीत सार्वजनिक गरेको हो।

काठमाडौं । फिल्म ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’को नयाँ गीत ‘बुझन मलाई’ सार्वजनिक गरिएको छ। दसैंको अवसर पारेर कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरिरहेका बेला बिहीबार निर्माण पक्षले गीत सार्वजनिक गरेको हो।

गायक कालीप्रसाद बास्कोटाको शब्द, संगीत र स्वर रहेको गीतमा फिल्मको मुख्य पात्र काजीको मनोभावलाई प्रस्तुत गरिएको छ। बाहिरबाट जिद्दी र कठोर स्वभावको देखिने काजीको भित्री भावना, संवेदना र प्रेमलाई गीतमार्फत उजागर गर्ने प्रयास गरिएको छ।

गीतमा काजीको स्वभावलाई ढुंगा र फूलसँग तुलना गर्दै भनिएको छ, ‘सताए मलाई म ढुंगा भइदिउँला, मायाले बोलाए फूलको थुंगा भइदिउँला।’ यसले अरूले गर्ने व्यवहारअनुसार आफूलाई प्रस्तुत गर्ने काजीको स्वभावलाई संकेत गर्छ।

बिहीबार मध्याह्न १२ बजेसम्म फिल्मले घरेलु बक्स अफिसमा ८ करोड रुपैयाँभन्दा बढी कमाइ गरिसकेको छ। दसैंको बिदा सकिएपछि पनि फिल्मले दैनिक एक करोड रुपैयाँभन्दा बढीको व्यापार गरिरहेको जनाइएको छ। यही गति कायम रहे शनिबारसम्म फिल्मको कमाइ १० करोड रुपैयाँ नाघ्ने अनुमान गरिएको छ।

अब फिल्मले आफ्नो अघिल्लो श्रृंखला ‘कबड्डी ४’ले घरेलु बक्स अफिसमा बनाएको २१ करोड ४४ लाख रुपैयाँको व्यापारिक रेकर्ड तोड्न सक्छ कि सक्दैन भन्ने चासो बढेको छ।

थकाली समुदायको सामाजिक परिवेशमा आधारित फिल्ममा दयाहाङ राई, विपिन कार्की, विजय बराल, बुद्धि तामाङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, रिश्मा गुरुङ, मिरुना मगर, माओत्से गुरुङ, शिशिर बाङ्देल, कविता आले र अरुणा कार्कीलगायतका कलाकारको अभिनय रहेको छ। फिल्मको निर्देशन रामबाबु गुरुङले गरेका हुन्।

Bujhana Malai (The Song Of Kaji) - Kabaddi 5 |
साझा गर्नुहोस्:

सम्बन्धित समाचार