मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
समाचार

सिरहामा सवारी दुर्घटनाविरुद्ध प्रदर्शन, ठेकेदारको पुतला जलाइयो

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ फेब्रुअरी ९
156
540
सिरहामा सवारी दुर्घटनाविरुद्ध प्रदर्शन, ठेकेदारको पुतला जलाइयो
सारांश
सिरहाको हुलाकी राजमार्गअन्तर्गत विभिन्न स्थानमा पटक–पटक सवारी दुर्घटना भइरहँदा पनि सम्बन्धित निकायले चासो नदेखाएको आरोप लगाउँदै स्थानीय युवाहरूले विरोध प्रदर्शन गरेका छन् ।

सिरहा । सिरहाको हुलाकी राजमार्गअन्तर्गत विभिन्न स्थानमा पटक–पटक सवारी दुर्घटना भइरहँदा पनि सम्बन्धित निकायले चासो नदेखाएको आरोप लगाउँदै स्थानीय युवाहरूले विरोध प्रदर्शन गरेका छन् ।

दुर्घटनामा निरन्तर मानवीय क्षति बढ्दै जाँदा पनि सुरक्षाका उपाय नअपनाइएको भन्दै युवाहरू आक्रोशित भएका हुन् ।

प्रदर्शनका क्रममा युवाहरूले प्रधानमन्त्री सुशील कार्की, सिरहाका प्रमुख जिल्ला अधिकारी तथा हुलाकी राजमार्ग निर्माणका ठेकेदार किशोरी कलम साहको पुतला दहन गरेका छन् ।

उनीहरूले सडकको अव्यवस्थित अवस्था, आवश्यक संकेत चिन्हको अभाव र निर्माण कार्यमा लापरबाहीकै कारण दुर्घटना बढिरहेको दाबी गरेका छन् ।

प्रदर्शनकारी युवाहरूले तत्काल सडक सुधार, ट्राफिक व्यवस्थापन र जिम्मेवार निकायको जवाफदेहिताको माग गरेका छन्।
सम्बन्धित निकायले चाँडो पहल नगरे थप कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार