००:००:००
ट्रेन्डिङ
समाचार

सेलेघाट–रामेछाप–साँघुटार सडकको निर्माण कार्य कछुवा गतिमा

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ अप्रिल १५
54
80
सेलेघाट–रामेछाप–साँघुटार सडकको निर्माण कार्य कछुवा गतिमा
सारांश
ठाउँ ठाउँमा केही काम भए पनि यही गतिले काम हुने हो भन अझै वर्षौँ लाग्ने अवस्था छ । सो निर्माण कम्पनीलाई छिटो काम गराउन सरकारले दबाब दिन सकेको छैन ।

रामेछाप । रामेछापबाट ओखलढुङ्गाको सिमानासम्म जोड्ने सेलेघाट–रामेछाप–साँघुटार सडकको निर्माण कार्य कछुवा गतिमा भइरहेको छ ।

निर्माण व्यवसायीले समयमा काम नगर्दा सो सडक किनारका बस्ती तथा सडकमा गुड्ने यातायात साधन र यात्रीले हैरान खेपेका छन् । सडकको पुरानो संरचना भत्काएर लथालिङ्ग पारेर छाडेपछि रामेछाप र ओखलढुङ्गाको लिखु किनारबाट काठमाडौँ आउजाउ गर्ने सवारी साधन सञ्चालनमा कठिनाइ भएको छ भने स्थानीयले धुलो र हिलो खेप्नु परेको छ ।

सडकमा उड्ने धुलोले घरमा बसिन सक्नुको अवस्था आएको रामेछाप नगरपालिका–६ का राजु श्रेष्ठ बताउँछन् । यसै गरी सडक खनेर छाड्दा झर्ने पहिरोले बस्तीहरू जोखिममा परेका छन् भने सडकबाट फालेको ढुंगामाटोले धेरै बस्ती र जग्गाजमिनमा क्षति पुगेको छ ।

रामेछापको मन्थली नगरपालिका–६ सेलेघाटदेखि रामेछाप नगरपालिकाको रामेछाप बजार हुँदै ओखलढुङ्गाको सिमाना लिखु किनारको साँघुटारबजासम्म पुग्ने करिब ५२ किलोमिटर लामो सो सडक भारतीय एक्जिम बैङ्कको सहयोगमा निर्माण भइरहेको हो । सडक निर्माणका जिम्मा भारतीय निर्माण कम्पनी टेलिकम्युनिकेसन इन्डिया लिमिटेड (टीसीआईएल)ले पाएको छ । सो कम्पनीले नेपाली निर्माण व्यवसायीलाई काम जिम्मा दिएको छ ।

सन् २०२० को नोभेम्बर ११ मा सुरु भएको आयोजना २०२३ को मे १० भित्रै सकिसक्नु पर्ने हो । तर अझै पनि सडकको बेस निर्माणको काम समेत सकिएको छैन । कूल १ अर्ब ९४ करोड ७१ लाख रुपैयाँको लागतमा सडक निर्माण गर्ने सम्झौता भएको थियो ।

निर्धारित समयमा काम नभएपछि सोही कम्पनीलाई फेरी म्याद थप गरिएको भए पनि कामले गति लिएको छैन । ठाउँ ठाउँमा केही काम भए पनि यही गतिले काम हुने हो भन अझै वर्षौँ लाग्ने अवस्था छ । सो निर्माण कम्पनीलाई छिटो काम गराउन सरकारले दबाब दिन सकेको छैन ।

Article image
साझा गर्नुहोस्:

सम्बन्धित समाचार