००:००:००
ट्रेन्डिङ
समाचार

सामुदायिक क्याम्पसका शिक्षकको स्तर निर्धारण छिट्टै हुन्छ : उपकुलपति अर्याल

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ फेब्रुअरी २
27
सामुदायिक क्याम्पसका शिक्षकको स्तर निर्धारण छिट्टै हुन्छ : उपकुलपति अर्याल
सारांश

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा। दीपक अर्यालले सामुदायिक क्याम्पसमा अध्यापनरत शिक्षक–शिक्षिकाको स्तर निर्धारण प्रक्रिया छिट्टै...

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा। दीपक अर्यालले सामुदायिक क्याम्पसमा अध्यापनरत शिक्षक–शिक्षिकाको स्तर निर्धारण प्रक्रिया छिट्टै अघि बढाइने बताएका छन् ।

पशुपति बहुमुखी क्याम्पसको ४६औँ वार्षिकोत्सव समारोहमा बोल्दै उपकुलपति अर्यालले सामुदायिक क्याम्पसका शिक्षकको स्तर निर्धारणसम्बन्धी विषय सिनेटबाट पारित भइसकेको जानकारी दिए ।

‘म उपकुलपति भइसकेपछि शिक्षक–शिक्षिकाको स्तर निर्धारणका लागि आवश्यक प्रक्रिया सिनेटबाट पारित गरिसकेका छौं,’ उनले भने, ‘अब छिट्टै समिति गठन गरेर कसरी कार्यान्वयन गर्ने भन्ने निर्णय गरिनेछ । यसमा विश्वविद्यालय प्रशासन क्याम्पसहरूको साथमा रहनेछ ।’

उनले कलेज नवीकरणसम्बन्धी समस्याबारे पनि स्पष्ट धारणा राखे । क्याम्पसहरूले नवीकरणका क्रममा भोग्दै आएका अप्ठ्याराहरू समाधान गर्न विश्वविद्यालय तयार रहेको उल्लेख गर्दै उनले भने, ‘कलेज नवीकरणमा जे जस्ता समस्या छन्, सोझै मसँग वा सम्बन्धित प्रशासनिक निकायसँग सम्पर्क गर्न सक्नुहुन्छ । झन्झटमुक्त ढंगले क्याम्पस नवीकरण गर्ने प्रक्रिया हामी सुरु गर्नेछौं ।’

उपकुलपति अर्यालले पशुपति बहुमुखी क्याम्पसलाई शैक्षिक केन्द्रका रूपमा मात्र नभई अनुसन्धानको केन्द्रका रूपमा विकास गर्नसमेत आग्रह गरे ।

‘पशुपति क्याम्पसलाई केवल क्याम्पसको रूपमा नभई ‘पशुपति क्याम्पस तथा अनुसन्धान केन्द्र’का रूपमा विकास गर्न अनुरोध गर्दछु,’ उनले भने ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार