००:००:००
ट्रेन्डिङ
समाचार

रौतहटमा १२८ उम्मेदवारको जमानत जफत, राज्य कोषमा १२ लाखभन्दा बढी जम्मा

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ मार्च १०
130
40
रौतहटमा १२८ उम्मेदवारको जमानत जफत, राज्य कोषमा १२ लाखभन्दा बढी जम्मा
सारांश
जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका कुल उम्मेदवारमध्ये झण्डै ९० प्रतिशतको धरौटी रकम जफत भएको छ ।

रौतहट । हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणामसँगै रौतहटमा एउटा रोचक तथ्याङ्क बाहिर आएको छ । जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका कुल उम्मेदवारमध्ये झण्डै ९० प्रतिशतको धरौटी रकम जफत भएको छ ।

जिल्ला निर्वाचन कार्यालय रौतहटले दिएको जानकारी अनुसार, चुनावी मैदानमा उत्रिएका १४२ जना उम्मेदवारमध्ये १२८ जनाले आफ्नो जमानत जोगाउन सकेनन् । कानुनी प्रावधान अनुसार कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि उनीहरूको धरौटी रकम राज्यकोषमा दाखिल भएको हो ।

जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासका अनुसार क्षेत्र नं. १ मा कुल ३९ जना उम्मेदवार थिए, जसमध्ये ३४ जनाको जमानत जफत भएको छ । यहाको क्षेत्र नं. २ मा २६ उम्मेदवारमध्ये २३ जनाको धरौटी गुम्यो। यस क्षेत्रमा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारहरूले समेत न्यूनतम मत कटाउन नसक्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यस्तै, क्षेत्र नं. ३मा सबैभन्दा धेरै ४० जना उम्मेदवार रहेको यस क्षेत्रमा ३७ जनाको जमानत जफत भयो। यहाँ नेपाली कांग्रेस, एमाले र नेकपा जस्ता ठूला दलका उम्मेदवारहरूकै धरौटी जफत भएको निर्वाचन अधिकारी दासले जानकारी दिए । क्षेत्र नं. ४ मा भने ३७ उम्मेदवारमध्ये ३४ जनाको जमानत जफत भएको छ । यस क्षेत्रमा पनि एमाले, जसपा र आजपा जस्ता दलका उम्मेदवारहरूले १० प्रतिशत मत पु¥याउन सकेनन् ।

निर्वाचन कार्यालयका अनुसार, प्रति उम्मेदवार १० हजार रुपैयाँका दरले कुल १२ लाख ८० हजार रुपैयाँ नेपाल सरकारको राजस्व खातामा जम्मा भएको छ ।

जमानत जोगाउन सफल भएका विजयी उम्मेदवारसहितका अन्य १४ जनाले भने नियमअनुसार प्रक्रिया पु¥याएर निवेदन दिएमा आफ्नो धरौटी रकम फिर्ता पाउनेछन् ।

यो तथ्याङ्कले रौतहटको चुनावी राजनीतिमा केही सीमित व्यक्ति वा दलको वर्चस्व र ठूलो संख्यामा रहेका स्वतन्त्र तथा साना दलका उम्मेदवारहरूप्रति मतदाताको न्यून आकर्षणलाई स्पष्ट पारेको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार