००:००:००
ट्रेन्डिङ
समाचार

राप्रपा उम्मेद्वार रविन्द्र मिश्रले बढाए चुनावी सक्रियता

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ फेब्रुअरी १८
187
600
राप्रपा उम्मेद्वार रविन्द्र मिश्रले बढाए चुनावी सक्रियता
सारांश
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रविन्द्र मिश्रले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रविन्द्र मिश्रले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । मिश्रले बुधबार बबरमहल, थापाथली क्षेत्रमा घरदैलो कार्यक्रम गरेका छन् ।

घरदैलो कार्यक्रममा उनले मतदाताहरुलाई सहि मान्छे छानेर ठाउँमा पुर्याउन सक्नुपर्ने बताए । उनले नेपाली राजनीति भूमरोमा जान नदिन आफूलाई जिताउन मतदाताहरुसँग आग्रह गरे । उनले भने, ‘यो ठाउँमा सहि मान्छे पुर्याउन सक्नुपर्छ । नेपाली राजनीति भूमरोमा नजाओस्।’

मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनले आफ्नो चुनावी एजेण्डा प्रस्तुत गर्नुका साथै स्थानीय समस्याबारे सुझाव समेत संकलन गरिरहेका छन् ।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले देशभर प्रचार–प्रसारलाई तीव्र बनाएका छन् । राप्रपासहित विभिन्न दलका उम्मेदवारहरूले यही महिनाको ४ गतेदेखि घरदैलो कार्यक्रम सुरु गरेका हुन् ।

घरदैलो अभियानमार्फत उम्मेदवारहरू मतदाताको घर घरमा पुगेर समर्थन माग्ने, विकास योजनाबारे जानकारी दिने र स्थानीय आवश्यकता बुझ्ने कार्यमा सक्रिय देखिएका छन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार