००:००:००
ट्रेन्डिङ
समाचार

रामेछापका उम्मेदवारलाई निर्वाचन खर्च विवरण सार्वजनिक गर्न निर्वाचन कार्यालयको पत्र

रङ्गमञ्च
रङ्गमञ्च
1 दिन अगाडि
64
रामेछापका उम्मेदवारलाई निर्वाचन खर्च विवरण सार्वजनिक गर्न निर्वाचन कार्यालयको पत्र
सारांश
जिल्ला निर्वाचन कार्यालय रामेछापले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका सबैलाई आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरी कार्यालयमा पेस गर्न पत्र पठाएको छ ।

रामेछाप । जिल्ला निर्वाचन कार्यालय रामेछापले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका सबैलाई आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरी कार्यालयमा पेस गर्न पत्र पठाएको छ ।

जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेका अनुसार गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रामेछापबाट उम्मेदवार बनेका सबैले ३५ दिनभित्र आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । सोही प्रावधानअनुसार उम्मेदवारहरूलाई विवरण सार्वजनिक गर्न पत्राचार गरिएको उनले बताए ।

उनका अनुसार मंगलबारसम्म कुनै पनि उम्मेदवारले आफ्नो खर्चको विवरण सार्वजनिक गरी कार्यालयमा पेस नगरेको अवस्था छ । यसलाई ध्यानमा राख्दै जिल्ला निर्वाचन कार्यालयले सूचना जारी गर्दै सम्बन्धित उम्मेदवारलाई यथाशीघ्र खर्च विवरण सार्वजनिक गरी कार्यालयमा पेस गर्न आग्रह गरेको हो ।

Article image

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ बमोजिम उम्मेदवारहरूले निर्वाचनका क्रममा गरेका सम्पूर्ण खर्चको विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । उक्त विवरण निर्देशिकाको अनुसूची–४१ को ढाँचाअनुसार तयार पारेर पेस गर्नुपर्ने प्रावधान रहेको छ ।

निर्वाचन अधिकारी लामिछानेका अनुसार उम्मेदवारहरूले तोकिएको समयसीमाभित्र आफू स्वयम् वा आफ्नो प्रतिनिधिमार्फत उक्त खर्च विवरण निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार