००:००:००
ट्रेन्डिङ
समाचार

राहदानी सेवा तीन सातासम्म बन्द हुन सक्ने

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
46
राहदानी सेवा तीन सातासम्म बन्द हुन सक्ने
सारांश
नयाँ प्रणाली लागू हुने मिति तथा त्यस अवधिमा अपनाइने व्यवस्थाबारे थप जानकारी अर्को सूचना मार्फत सार्वजनिक गरिने विभागले जनाएको छ।

राहदानी विभागले नयाँ प्रणालीमार्फत राहदानी जारी गर्ने तयारीका कारण केही समयका लागि राहदानी वितरण अवरुद्ध हुन सक्ने जनाएको छ। विभागले सूचना जारी गर्दै नयाँ प्रणालीमा रूपान्तरणको क्रममा राहदानी सेवा अस्थायी रूपमा प्रभावित हुन सक्ने जानकारी दिएको हो।

विभागका अनुसार आवश्यक तयारीहरू, जस्तै राहदानी पुस्तिका लगायतका सामग्रीको व्यवस्था भइसकेको छ। अब एक–दुई महिनाभित्र हाल प्रयोग भइरहेको प्रणालीबाट नयाँ प्रणालीमा परिवर्तन गरिनेछ। यस संक्रमणकालीन अवधिमा प्रणाली पूर्ण रूपमा स्थिर नभएसम्म राहदानी वितरणमा अवरोध आउन सक्ने बताइएको छ।

सूचनाअनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन सातासम्म बन्द हुन सक्नेछ। त्यस्तै राहदानी विभागबाट प्रदान गरिने सेवा पनि करिब एक सातासम्म प्रभावित हुन सक्ने जनाइएको छ।

नयाँ प्रणाली पूर्ण रूपमा स्थिर हुन एकदेखि तीन महिनासम्म लाग्न सक्ने विभागले जनाएको छ। यस अवधिमा जिल्ला वा इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमार्फत आवेदन दिएका सेवाग्राहीले राहदानी प्राप्त गर्न हालभन्दा बढी समय कुर्नुपर्ने सम्भावना रहेको छ।

यसकारण असोजभित्र राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई संक्रमणकालीन अवधि सुरु हुनुअघि नै सम्बन्धित जिल्लारइलाका प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट सेवा लिन विभागले आग्रह गरेको छ।

नयाँ प्रणाली लागू हुने मिति तथा त्यस अवधिमा अपनाइने व्यवस्थाबारे थप जानकारी अर्को सूचना मार्फत सार्वजनिक गरिने विभागले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार