००:००:००
ट्रेन्डिङ
समाचार

पूर्वराजा ज्ञानेन्द्र पनि पुगे जनकपुर , आज जानकी मन्दिर दर्शन गर्ने

R
Rangamanch
२०२६ जनवरी २६
128
पूर्वराजा ज्ञानेन्द्र पनि पुगे जनकपुर , आज जानकी मन्दिर दर्शन गर्ने
सारांश
आज पूजापाठ गरी पूर्वराजा शाह र रानीले जनकपुरमै रात्री विश्राम गर्ने कार्यक्रम रहेको छ ।

जनकपुर । पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुरधाम आईपुगेका छन् । शाह आईतबार (हिजो) बेलुकी जनकपुरधाम आईपुगेका हुन ।

पूर्वराजा शाह सडक मार्ग हुँदै हिजो बेलुकी ६ः३० बजे जनकपुरधाम आईपुगेको राष्ट्रिय प्रजातन्त्र पार्टीको स्वागत मुल समारोह समिति धनुषाका संयोजक श्रवण कुमार झाले जानकारी दिए । उनीसंगै पूर्व रानी कोमल राज्य लक्ष्मी देवी शाह पनि जनकपुरधाम आईपुगेकी छन् ।

पूर्वराजा शाह र पूर्वरानीले आज दिउँसो ३ बजे जनकपुरधामस्थित राम मन्दिर र जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको संयोजक झाले जानकारी दिए । उनका अनुसार आज पूजापाठ गरी पूर्वराजा शाह र रानीले जनकपुरमै रात्री विश्राम गर्ने कार्यक्रम रहेको छ ।

केही दिन अघि रास्वपाले जनकपुरधाममा गरेको चुनावी सभामा सहभागी हुन काठमाडौंका निवर्तमान मेयर बालेन्द्र शाह बालेन, रवि लामिछानेलगायतका नेताहरु बसेको होटेलमा पूर्व राजाका छोरा पारस शाहसमेत बास बसेका थिए ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार