००:००:००
ट्रेन्डिङ
समाचार

मकालु आरोहणका क्रममा शेर्पा आरोहीको मृत्यु, इरानी पर्वतारोही बेपत्ता, उद्धार जारी

Rangamanch
Rangamanch
1 घण्टा अगाडि
0
मकालु आरोहणका क्रममा शेर्पा आरोहीको मृत्यु, इरानी पर्वतारोही बेपत्ता, उद्धार जारी
सारांश
विश्वको पाँचौँ अग्लो हिमाल मकालु ९८,४८५ मिटर० को सफल आरोहणपछि मानवीय क्षति भएको समाचार सार्वजनिक भएको छ । शिखरबाट फर्किने क्रममा भ...

काठमाडौं । विश्वको पाँचौँ अग्लो हिमाल मकालु ९८,४८५ मिटर० को सफल आरोहणपछि मानवीय क्षति भएको समाचार सार्वजनिक भएको छ ।

शिखरबाट फर्किने क्रममा भएको दुर्घटनामा एक शेर्पा आरोहीको ज्यान गएको छ भने एक इरानी पर्वतारोही अझै बेपत्ता छन् । घटनापछि उद्धार चुनौती थप जटिल बन्दै गएको छ ।

मकालु एडभेन्चरको टोलीका सदस्य फुर्वा ओङ्गेल शेर्पा करिब ७,५०० मिटर उचाइमा रहेको क्याम्प–४ माथिबाट लडेर ज्यान गुमाएका हुन् । त्यस्तै, ओरालो झर्ने क्रममा इरानी पर्वतारोही अबोल्फजल गोजाली क्याम्प–४ नजिकैबाट बेपत्ता भएका छन्।

बिहीबार चार आरोही सानु शेर्पा, अबोल्फजल गोजाली, फुर्वा ओङ्गेल शेर्पा र लाक्पा रिन्जी शेर्पा एकै समयमा मकालुको चुचुरोमा पुगेका थिए । बिहान १०ः२७ बजे शिखर पुगेका उनीहरू ओरालो झर्ने क्रममा दुर्घटनामा परेको पेमा शेर्पाले जानकारी दिए ।

घटनापछि एटके एक्सपिडिसनले स्वेच्छिक उद्धार अभियान सुरु गरेको जनाएको छ । कम्पनीका अध्यक्ष पेम्बा शेर्पाका अनुसार फुर्वा ओङ्गेलको शव निकाल्न चार अनुभवी शेर्पा उद्धारकर्ता अशोक लामा, पासदावा शेर्पा, आङ छिरिङ शेर्पा र पासाङ तेन्जी शेर्पालाई परिचालन गरिएको छ ।

यसैबीच, मकालु एडभेन्चरका प्रबन्ध निर्देशक मोहन लम्सालले घटनाको पुष्टि गर्दै आधार शिविरमा रहेका अन्य शेर्पा आरोहीहरूलाई पनि खोज तथा उद्धार कार्यमा परिचालन गरिने बताएका छन ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार