मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
समाचार

कमेन्ट गरेपछि कारवाहीमा करण केसी

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ अप्रिल १२
120
680
कमेन्ट गरेपछि कारवाहीमा करण केसी
सारांश
जारी पिएम कपमा उनी नेपाल पुलिस क्लबबाट खेलिरहेका छन्।

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय टोलीका क्रिकेटर करण केसीलाई एक खेलमा प्रतिबन्ध गरेको छ।

आइतबार क्यानले एक विज्ञप्ति जारी गर्दै करणलाई जारी प्रधानमन्त्री क्रिकेट प्रतियोगिताको एक खेलमा प्रतिबन्ध गरेको हो। करणले शनिबार दिउँसो एक पोस्टमा कमेन्ट गरेर जारी पिएम कपको अम्पायरमाथि निन्दनीय अभिव्यक्ति दिएका थिए।

उनको उक्त पोस्टको कमेन्टपछि अम्पायर्स तथा स्कोर्स संघले उनको कारबाही माग गरेका थिए। करणले सो कमेन्ट मजाक गरेको भन्दै माफी समेत मागेका छन्। साथै, क्यानले उनको १०० प्रतिशत म्याच शुल्क जरिवाना गर्न समेत निर्णय गरेको छ।

जारी पिएम कपमा उनी नेपाल पुलिस क्लबबाट खेलिरहेका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार