नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।
आज प्राधिकरणले एक सूचना जारी गर्दै शनिबार काठमाडौंको विभिन्न स्थानमा विद्युत् कटौती गर्ने जानकारी दिएको हो ।
प्राधिकरणले पोप्सीकोला टाउन प्लानिङमा दिउँसो ११ बजेदेखि १:३० बजेसम्म विद्युत् कटौती गर्ने जनाएको छ । पेप्सीकोला, टाउन प्लानिङलगायतका क्षेत्रमा वितरित ११ केभी लाइन मर्मत गर्न लागिएको छ ।
यस्तै, मध्य बानेश्वर, पुरानो बानेश्वर, बत्तीसपुतली क्षेत्रमा भने २ बजेदेखि ४ बजेसम्म बिजुली कटौती हुने सूचनामा उल्लेख छ । मध्य बानेश्वर, पुरानो बानेश्वर, बत्तीसपुतली क्षेत्रमा वितरित ११ केभी लाइन मर्मत गर्न लागिएको छ ।





