००:००:००
ट्रेन्डिङ
समाचार

जनकपुरधाममा एक पुरुषको शव फेला

रङ्गमञ्च
रङ्गमञ्च
2 घण्टा अगाडि
35
जनकपुरधाममा एक पुरुषको शव फेला
सारांश
जनकपुरधाममा एक जना पुरुषको शव फेला परेको छ ।

जनकपुर । जनकपुरधाममा एक जना पुरुषको शव फेला परेको छ । बिहीबार बिहान जनकपुरधामको विश्वकर्मा चौकमा पहिचान खुल्न नसकेको एकजना पुरुष मृत अवस्थामा फेला परेको हो ।

उक्त चोकमा रहेको एउटा सटर अगाडि लडेको अवस्थामा भेटिएका ती व्यक्तिको मृत्यु शंकास्पद देखिएपछि धनुषा प्रहरीले घटनास्थललाई घेराबन्दी गरेर राखेको छ ।

स्थानीयले बिहानै सडक किनारमा ती व्यक्तिलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । धनुषा प्रहरीको टोली पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ ।

मृतकको पहिचान खुल्न बाँकी रहेको र घटनाको कारणबारे अनुसन्धान जारी रहेको धनुषा प्रहरीले जनाएको छ । शवलाई आवश्यक प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ ।

स्थानीयका अनुसार उक्त पुरुष हिजोदेखिनै सोही स्थानको छेउछाउमा डुलीरहेको अवस्थामा देखा परेको थियो ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार