००:००:००
ट्रेन्डिङ
समाचार

दिल्लीमा आयोजना हुने ‘एनएक्सटी समिट २०२६’ मा रेनु दाहालको सहभागी

रङ्गमञ्च
रङ्गमञ्च
22 घण्टा अगाडि
111
दिल्लीमा आयोजना हुने ‘एनएक्सटी समिट २०२६’ मा रेनु दाहालको सहभागी
सारांश
भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल भारतको नयाँ दिल्लीमा आयोजना हुने प्रतिष्ठित ‘एनएक्सटी समिट २०२६’ मा वक्ताका रूपमा सहभागी हुने भएकी छन् ।

काठमाडौं । भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल भारतको नयाँ दिल्लीमा आयोजना हुने प्रतिष्ठित ‘एनएक्सटी समिट २०२६’ मा वक्ताका रूपमा सहभागी हुने भएकी छन् ।

भारतीय संसद्को राज्य सभाका सांसद कार्तिकेय शर्माले दाहाललाई औपचारिक निमन्त्रणापत्र पठाउँदै उक्त सम्मेलनमा विशिष्ट वक्ताको रूपमा आमन्त्रण गरेका हुन् ।

सम्मेलन मार्च १२, १३ र १४ मा नयाँ दिल्लीस्थित भारत मण्डपममा आयोजना हुने भएको छ । सम्मेलनलाई भारतमा वार्षिक क्यालेन्डर इभेन्टको रूपमा विकास गर्ने उद्देश्य राखिएको छ ।

यसले नीति, शिक्षा, व्यवसाय, राजनीति, विज्ञान तथा प्रविधिका क्षेत्रका विश्वस्तरीय विचारकलाई एकै ठाउँमा ल्याउने लक्ष्य लिएको आयोजकले बताएका छन् ।

सम्मेलनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा हार्वर्ड, एमआईटी, अक्सफोर्ड र स्ट्यानफोर्ड जस्ता विश्वका उत्कृष्ट २५ विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरूका साथै ३० भन्दा बढी देशका सांसदहरूको सहभागिता रहनेछ ।

अन्य प्रमुख वक्ताहरूमा रेल, इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि राज्यमन्त्री अश्विनी वैष्णव, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री डा. जितेन्द्र सिंह लगायतका व्यक्तित्वहरू सहभागी हुनेछन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार