००:००:००
ट्रेन्डिङ
समाचार

चुनावमा हारेका कारण नागरिकलाई दिँदै आएको सुविधा कटौति गरिएको छैन - शर्मा

रङ्गमञ्च
रङ्गमञ्च
3 दिन अगाडि
83
चुनावमा हारेका कारण नागरिकलाई दिँदै आएको सुविधा कटौति गरिएको छैन - शर्मा
सारांश
नागरिकको आवश्यकता र आर्थिक अवस्थालाई ध्यानमा राखेर सेवा पुर्‍याउने प्रयास निरन्तर रहेको उल्लेख गर्दै निर्वाचनको हार–जित र सामाजिक सेवा तथा सत्कर्मबीच कुनै सम्बन्ध नरहेको पनि स्पष्ट पारिएको छ।

काठमाडौँ । मोरङ ३ का पूर्व सांसद सुनिल शर्माले चुनाव हारेसँगै आफू सम्बद्द अस्पतालमा गरिब तथा आर्थिक स्थिति कमजोर भएका नागरिकलाई दिँदै आएको उपचार सुविधा कटौति गरिएको भनिएको हल्लाको खन्डन गरेका छन् । उनले मंगलबार सामाजिक सञ्जालमा पोस्ट राख्दै आफूहरुले त्यस्तो कुनै निर्णय नगरेको जानकारी गराएका छन् । उनले लेखेका छन् - हामीले सञ्चालन गर्दै आएका संस्थाहरू — Nobel Medical College र Kathmandu Medical College — मार्फत विगतदेखि नै नागरिकहरूको सेवा र सहयोगका विविध कार्यहरू निरन्तर रूपमा हुँदै आएका छन् । विशेष गरी आर्थिक अवस्था कमजोर भएका नागरिकहरूलाई प्राथमिकतामा राख्दै छुटदेखि निःशुल्क उपचार तथा स्वास्थ्य सेवा प्रदान गर्दै आएको कुरा यहाँहरू सबैलाई अवगत नै छ। यस प्रकारका सेवा तथा सुविधाहरू देशका विभिन्न स्थानमा, सम्बन्धित ward तथा जिल्लाहरूमा उचित प्रक्रिया र आधिकारिक माध्यममार्फत उपलब्ध गराइँदै आएको पनि सर्वविदित नै छ।

नागरिकको आवश्यकता र आर्थिक अवस्थालाई ध्यानमा राखी सेवा पुर्‍याउने हाम्रो प्रयास सधैं निरन्तर रहँदै आएको छ। चुनावमा हार वा जित हुनु र सामाजिक सेवा तथा सत्कर्मबीच कुनै सम्बन्ध हुँदैन, न त कहिल्यै थियो। समाज र राष्ट्रप्रतिको हाम्रो दायित्वलाई आत्मसात गर्दै यस्ता सेवा तथा सहयोगका कार्यहरू हामीले आगामी दिनहरूमा पनि देशभर निरन्तर रूपमा जारी राख्नेछौँ भन्ने कुरा सम्मानपूर्वक जानकारी गराउन चाहन्छु।'

योसँगै शर्माले बजारमा फैलाइएका हल्ला वा भ्रममा नपरी आवश्यक जानकारीका लागि सम्बन्धित वार्डमा रहेका संस्थासँग आबद्ध प्रतिनिधिहरूसँग सम्पर्क गरी सुविधाको बारेमा जानकारी लिन आग्रह गरेका छन् । वक्तव्यमा नागरिकको आवश्यकता र आर्थिक अवस्थालाई ध्यानमा राखेर सेवा पुर्‍याउने प्रयास निरन्तर रहेको उल्लेख गर्दै निर्वाचनको हारजित र सामाजिक सेवा तथा सत्कर्मबीच कुनै सम्बन्ध नरहेको पनि स्पष्ट पारिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार