००:००:००
ट्रेन्डिङ
समाचार

भ्लगरमाथि आक्रमण गर्ने व्यक्ति पक्राउ

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ मार्च १९
114
300
 भ्लगरमाथि आक्रमण गर्ने व्यक्ति पक्राउ
सारांश
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौं । नगरकोट जाने क्रममा दुई जना भ्लगरमाथि आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति भक्तपुरको चाँगुनारायण नगरपालिका–६, नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन्।

केही दिनअघि नगरकोट जाने बाटोमै तामाङले दुई युवकलाई कुटपिट गरेका थिए, जसको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको थियो। त्यसपछि प्रहरीले उनको खोजी तीव्र बनाएको थियो।

सोही क्रममा बिहीबार उनलाई पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार