००:००:००
ट्रेन्डिङ
समाचार

भिरबाट लडेर गम्भीर घाइते भएका मुगुका जलबहादुर शाही उपचारको अभावमा संकट

K
kiran adhikari
२०२६ फेब्रुअरी २
38
भिरबाट लडेर गम्भीर घाइते भएका मुगुका जलबहादुर शाही उपचारको अभावमा संकट
सारांश

मुगु । मुगुको सोरुगाउँपालिका–१० धैन गाउँका जलबहादुर शाही भेडा चराउन घर नजिकैको बनमा जाने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका छन् ।

घाइते शाह...

मुगु । मुगुको सोरुगाउँपालिका–१० धैन गाउँका जलबहादुर शाही भेडा चराउन घर नजिकैको बनमा जाने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका छन् ।

घाइते शाहीलाई प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल मुगु ल्याइएको थियो। तर अस्पतालमा आवश्यक उपचार सम्भव नभएपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला रिफर गरिएको थियो ।

जुम्लामा समेत आवश्यक उपचार सुविधा उपलब्ध नहुँदा थप उपचारका लागि नेपालगन्ज लैजाने प्रयास गरिएको छ । तर, जुम्ला विमानस्थलमा जहाजको प्रतीक्षामा रहेका शाहीलाई गम्भीर बिरामी बोक्न जहाजले मानेको छैन भन्ने जानकारी प्राप्त भएको छ । यसका कारण उनको उपचारमा थप ढिलाइ भइरहेको छ ।

परिवारजनका अनुसार शाहीको अवस्था अत्यन्तै गम्भीर रहेको छ । समयमै उचित उपचार नपाए ज्यान जोखिममा पर्न सक्ने अवस्था रहेको भन्दै उनीहरूले सम्बन्धित निकायसँग तत्काल उद्धार तथा उपचारको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

स्थानीयबासी तथा सरोकारवालाहरूले दुर्गम क्षेत्रमा गम्भीर बिरामी तथा घाइतेको समयमै उपचार हुन नसक्ने समस्या अझै समाधान नभएको भन्दै सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार