००:००:००
ट्रेन्डिङ
समाचार

बोलेरो जिप दुर्घटनामा एकको मृत्यु, तीन घाइते

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ फेब्रुअरी ११
173
320
बोलेरो जिप दुर्घटनामा एकको मृत्यु, तीन घाइते
सारांश

सुर्खेत । सल्यानमा बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिकाबाट दाङतर्फ जाँदै गरेको ग १ ज ५६६१ नम्बरको बोलेरो ...

सुर्खेत । सल्यानमा बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिकाबाट दाङतर्फ जाँदै गरेको ग १ ज ५६६१ नम्बरको बोलेरो जिप सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा जिप चालक विजय बिश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

चार जना सवार जिपमा रुकुम पूर्वको सिस्ने–२ की २२ वर्षीया सुस्मी रोका, उनकी २ वर्षीया छोरी सफलता केसी र सिस्ने–४ की ३८ वर्षीया ललिता केसी घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डा. हेमबहादुर केसीले बताए।

घाइतेको कपुरकोटस्थित आधारभुत स्वास्थ्य संस्थामा प्राथमिक उचिार पछि लुम्बिनी प्रादेशिक अस्पताल दाडको तुलसिपुर पठाइएको प्रहरीले जनाएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार