००:००:००
ट्रेन्डिङ
समाचार

बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधनप्रति प्रधानमन्त्री कार्की द्वारा शोक सन्देश जारी

Rangamanch
Rangamanch
२०२५ डिसेम्बर ३०
26
बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधनप्रति प्रधानमन्त्री कार्की द्वारा शोक सन्देश जारी
सारांश
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री तथा बंगलादेश नेस्नालिस्ट पार्टी (बीएनपी) अध्यक्ष बेगम खालिदा जियाको न...

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री तथा बंगलादेश नेस्नालिस्ट पार्टी (बीएनपी) अध्यक्ष बेगम खालिदा जियाको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले नेपाल सरकार र नेपाली जनताको तर्फबाट खालिदा जियाको परिवार, आफन्त तथा बंगलादेशका जनताप्रति हार्दिक समवेदना व्यक्त गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले खालिदा जियाले जीवनभर सार्वजनिक सेवामा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उनको नेतृत्व बंगलादेशको लोकतान्त्रिक यात्रामा ऐतिहासिक अध्यायका रूपमा स्थापित भएको बताइन् ।

साथै, नेपाल–बंगलादेश सम्बन्ध सुदृढीकरणमा उनले खेलेको भूमिकाका लागि नेपालले उनलाई सधैं सम्झिरहने उल्लेख गरे । शोक सन्देशमा प्रधानमन्त्री कार्कीले दिवंगत आत्माको चिरशान्तिको कामना पनि गरेकी छन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार