००:००:००
ट्रेन्डिङ
समाचार

अभिनेत्री दिपाश्री निरौलालाई ब्रेन ट्युमर, सफल भयो शल्यक्रिया

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
4
580
अभिनेत्री दिपाश्री निरौलालाई ब्रेन ट्युमर, सफल भयो शल्यक्रिया
सारांश
अभिनेत्री दिपाश्री निरौलालाई ब्रेन ट्यूमर भएको छ । उनी अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत रहेकी छन् ।

काठमाडौं । अभिनेत्री दिपाश्री निरौलालाई ब्रेन ट्यूमर भएको छ । उनी अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत रहेकी छन् ।

पारिवारिक स्रोतका अनुसार मंगलबार उनको सफल शल्यक्रिया भएको छ । शल्यक्रियापछि स्वास्थ्य सुधारोन्मुख रहेको स्रोतको भनाइ छ ।

करिब डेढ हप्ता अगाडि ढाड दुखाइको सिकायत लिएर दिपाश्री अस्पताल गएकी थिइन् ।

चिकित्सकले विस्तृत स्वास्थ्यपरिक्षण गर्दा ब्रेन ट्यूमर देखिएको हो ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार