००:००:००
ट्रेन्डिङ
समाचार

आजको मौसम : कोशी र कर्णाली प्रदेशका भू‍–भागमा आंशिक बादल लाग्ने

R
Rangamanch
21 घण्टा अगाडि
47
आजको मौसम : कोशी र कर्णाली प्रदेशका भू‍–भागमा आंशिक बादल लाग्ने
सारांश
मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसकारण बुधबार तराईका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेश र गण्डकी प्रदेशकाका उच्च र पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कोशी, कर्णाली प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

यस्तै, आज राती भने तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू‍–भागमा मौसम मुख्यतया सफा रहनेछ।

हुस्सु–कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य, पर्यटन तथा हवाई–सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार