००:००:००
ट्रेन्डिङ
समाचार

आज बिदा हुँदै म्यादी प्रहरी

रङ्गमञ्च
रङ्गमञ्च
1 दिन अगाडि
87
आज बिदा हुँदै म्यादी प्रहरी
सारांश
प्रतिनिधिसभा निर्वाचन सुरक्षामा खटिएका १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीको आज बिदाई गर्ने भएको छ ।

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षामा खटिएका १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीको आज बिदाई गर्ने भएको छ । आज निर्वाचन प्रहरीलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र र देशलाई आवश्यक परेको समयमा सहयोग गर्ने वाचासहित सम्मान गरि बिदाई गर्ने लागेको हो ।

उनीहरुलाई ४० कार्यदिनका लागि भर्ना गरिएको समय आज सकिदै छ । यस वर्ष नेपाल प्रहरी मातहत रहनेगरी १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरी मातहत खटिने गरी १५ हजार ११० सहित १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो । सशस्त्र प्रहरी मातहतका प्रहरीको पनि आजै विदाई कार्यक्रम राखिएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार