मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
राजनीति

विनोद चौधरीको चुनावी अभियान तीव्र

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ जनवरी २७
222
700
विनोद चौधरीको चुनावी अभियान तीव्र
सारांश
यसअघि २०७९ को निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित चौधरी यस पटक पुनः भारी मतका साथ विजयी हुने लक्ष्यका साथ मैदानमा उत्रिएका छन् ।

नवलपरासी । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले आफ्नो चुनावी गतिविधिलाई तीव्र पारेको छ । नेपाली कांग्रेसले उक्त क्षेत्रमा विनोद चौधरीलाई उमेदवार बनाएको छ ।

सोमबार बर्दघाटमा आयोजित अगुवा कार्यकर्ता भेलाले निर्वाचन क्षेत्रका सबै तह र तप्कालाई समेट्ने गरी क्षेत्रीय कार्यालय उद्घाटन गरिएको छ । यसैगरी क्षेत्रीय सभापति मुकुल आचार्यको संयोजकत्वमा ५५५ सदस्यीय ‘क्षेत्रीय चुनाव प्रचार प्रसार समिति’ गठन गरिएको हो ।

समितिले पार्टीभित्रको आन्तरिक एकतालाई मजबुत बनाउँदै ‘घर दैलो’ अभियानलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ। क्षेत्रीय समिति मातहत रहने गरी प्रत्येक वडा र टोलमा समेत उप–समितिहरू गठन गरिनेछ ।

उमेदवार विनोद चौधरीले विगत तीन वर्षमा आफूले यस क्षेत्रको विकासका लागि राखेको जग र आगामी योजनालाई जनतामाझ लैजाने तयारी गरिएको छ ।
‘हामी केवल चुनाव जित्नका लागि मात्र होइन, नवलपरासीको आर्थिक रूपान्तरण र समृद्धिका लागि मैदानमा छौँ। हरेक कार्यकर्ताले आफूलाई उम्मेदवार सम्झेर जनताको घरदैलोमा पुग्न आवश्यक छ,’ समितिका संयोजक आचार्यले बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधेश्याम पाठक, प्रदेश सांसद बिश्वप्रेम पाठक, कांग्रेस कावा सभापति विक्रम यादव, उपाध्यक्ष अनिल गौण, सचिव उमेश यादव, कुलदीप आचार्य लगायतका नेताहरूले विनोद चौधरी जस्तो उमेदवार नवलपरासीले पाउनु गर्वको विषय भएको बताए ।

यसअघि २०७९ को निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित चौधरी यस पटक पुनः भारी मतका साथ विजयी हुने लक्ष्यका साथ मैदानमा उत्रिएका छन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार