मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
ट्रेन्डिङ
राजनीति

सिन्धुली कांग्रेस प्रदेश सभापतिमा जनक राज पौडेलको उम्मेदवारी घोषणा

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
1
520
सिन्धुली कांग्रेस प्रदेश सभापतिमा जनक राज पौडेलको उम्मेदवारी घोषणा
सारांश
नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सिन्धुलीमा पार्टीको प्रदेश सभापतिका लागि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ। यसै क्रममा प्रदेश ‘क’ क्षेत्र नं. २ का लागि जनक राज पौडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

सिन्धुली । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सिन्धुलीमा पार्टीको प्रदेश सभापतिका लागि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ। यसै क्रममा प्रदेश ‘क’ क्षेत्र नं. २ का लागि जनक राज पौडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

‘एकता, संकल्प र नवीन सोच कांग्रेस’ भन्ने नारासहित उम्मेदवारी घोषणा गरेका पौडेलले आफ्नो अभियानलाई नयाँ पुस्ताको सोच, अग्रज नेताहरूको राजनीतिक विरासत र समाजसेवाबाट प्राप्त अनुभवबीच समन्वय गर्ने प्रयासका रूपमा प्रस्तुत गरेका छन्।

बीपी कोइरालाको विचार र राजनीतिक आदर्शलाई मार्गदर्शनका रूपमा लिँदै पौडेलले नेपाली कांग्रेसलाई नागरिकको हकहित, अधिकार र समृद्धिका सवालमा अझ प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले विशेषगरी तीन पुस्ताबीचको समन्वयलाई आफ्नो अभियानको महत्वपूर्ण आधार बनाएका छन्। नयाँ पुस्ताका लागि डिजिटल प्रविधिको प्रयोग, रोजगारी सिर्जना र उद्यमशीलतालाई प्राथमिकतामा राख्ने उनको भनाइ छ। यस्तै, अग्रज नेताहरूले स्थापित गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूल मूल्यलाई आत्मसात् गर्दै संगठनलाई थप मजबुत बनाउने उनले बताएका छन्।

लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका पौडेलले समाजसेवा र राजनीतिक संगठनलाई सँगसँगै अघि बढाउने धारणा राखेका छन्। ‘मजबुत संगठन, सक्षम नेतृत्व, समाजसेवी कांग्रेस’लाई उनले आफ्नो अभियानको मूल आधारका रूपमा अघि सारेका छन्।

पौडेलको उम्मेदवारीसँगै स्थानीय युवा, बुद्धिजीवी तथा कांग्रेसका कार्यकर्ताबीच पनि उनको अभियानबारे चर्चा सुरु भएको छ। उनीहरूले नयाँ पुस्ताको सहभागिता, अग्रजको अनुभव र सामाजिक क्षेत्रको सक्रियतालाई जोड्ने प्रयासले पार्टी संगठनमा नयाँ ऊर्जा ल्याउन सक्ने धारणा राखेका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार