००:००:००
ट्रेन्डिङ
राजनीति

उम्मेदवारी दर्ता उत्साहजनक छ : भट्टराई

Rangamanch
Rangamanch
3 घण्टा अगाडि
3
उम्मेदवारी दर्ता उत्साहजनक छ  : भट्टराई
सारांश
जिल्ला निर्वाचन कार्यालय मीनभवनका जिल्ला निर्वाचन अधिकारी ठाकुर प्रसाद भट्टराईले काठमाडौं क्षेत्र नं।

काठमाडौं । जिल्ला निर्वाचन कार्यालय मीनभवनका जिल्ला निर्वाचन अधिकारी ठाकुर प्रसाद भट्टराईले काठमाडौं क्षेत्र नं। १ बाट सात जनाले उम्मेदवारी दर्ता गरि सकेको बताएका छन् ।

मंगलबार उम्मेदवारी दर्ताबारे जानकारी दिदैँ उनले काठमाडौं जिल्लामा १० वटै क्षेत्रमा उम्मेदवारहरुले उत्साहका साथ आफ्नो मनोनयन दर्ता गरिरहेको भन्दै हालसम्म सात जनाले उम्मेदवारी दर्ता गरिसकेको बताए ।

उनले भने, ‘काठमाडौं जिल्लामा पनि १० वटै क्षेत्रमा उम्मेदवारहरुले उत्साहका साथ आफ्नो मनोनयन दर्ता गरिरहनु भएको छ । सबै ठाँउबाट ६, ७ वटा उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएको छ । काठमाडौंमा निर्वाचनको एकदमै उत्साह देखिन्छ । काठमाडौं क्षेत्र नं। १ बाट सात जनाले उम्मेदवारी दर्ता गरि सक्नु भएको छ ।’

उनले दलहरु आउने समय तोक्नुको कारण धेरै भीड नहोस भन्नको लागि मात्र भएको भन्दै त्यो समयमा नआउँदा उम्मेदवारी दर्ता गर्न नपाउने भन्ने नभएको बताए ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार