००:००:००
ट्रेन्डिङ
राजनीति

रास्वपा सभापति लामिछाने सर्लाही जाँदै

रङ्गमञ्च
रङ्गमञ्च
4 दिन अगाडि
12
रास्वपा सभापति लामिछाने  सर्लाही जाँदै
सारांश
सभापति लामिछाने महोत्तरीको बर्दिबास हुँदै सर्लाही प्रवेश गर्नेछन् ।

सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज सर्लाही आउने भएका छन् । रास्वपा नेता तथा सर्लाही-४ का उम्मेदवार डा.अमरेश कुमार सिंहले हिजो (मंगलबार) नै सभापति लामिछाने भोलि सर्लाही–४ मा आउने जानकारी दिँदै सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई उत्साहपूर्वक उपस्थित भई सभापति लामिछानेलाई स्वागत गर्न अनुरोध गरेका थिए ।

सभापति लामिछाने महोत्तरीको बर्दिबास हुँदै सर्लाही प्रवेश गर्नेछन् । उनि दिउँसो २:१५ बजे सर्लाहीको लाल बन्दी आउने छन् । त्यसपछि बयल बास, हरिपुर्ला, मलंगवा, गोडैत, बलरा, सिसौट, धनकौल, बरहथवा, नयाँ रोड हुँदै साँझ ५:१० बजे रौतहटतर्फ जाने बताइएको छ ।

सभापति लामिछानेको आगमनसँगै क्षेत्रको राजनीतिक माहोल थप तातिने अपेक्षा गरिएको छ । स्थानीयस्तरमा पार्टीका कार्यकर्ता तथा समर्थकहरू स्वागत कार्यक्रमलाई सफल बनाउन सक्रिय रूपमा जुटेका छन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार