००:००:००
ट्रेन्डिङ
राजनीति

रास्वापा नेताको गाडीको ठक्कर बाट एक बालकको मृत्यु भएपछि सामाजिक सञ्जालमा नारायन गाँउलेकोे अभिव्यति

K
kiran adhikari
२०२६ फेब्रुअरी ६
204
रास्वापा नेताको गाडीको ठक्कर बाट एक बालकको मृत्यु भएपछि सामाजिक सञ्जालमा नारायन गाँउलेकोे अभिव्यति
सारांश

काठमाण्डौँ: नारायण गाउँले लेख्छन्,गाडी केपी ओली चढेको गाडी भएको भए सोसल मिडियाको प्रतिक्रिया कस्तो हुन्थ्यो होला |

उनी लेख्छन्, दुर्घ...

काठमाण्डौँ: नारायण गाउँले लेख्छन्,गाडी केपी ओली चढेको गाडी भएको भए सोसल मिडियाको प्रतिक्रिया कस्तो हुन्थ्यो होला |

उनी लेख्छन्, दुर्घटना र प्राकृतिक विपत्तिलाई राजनैतिक रङ्ग दिनु अत्यन्तै निकृष्ट कार्य हो । आरोप र बचाउ गर्ने दुबै पक्षबाट जानी नजानी यस्तो हुन सक्छ |

घना बस्ती रहेको ग्रामीण सड़कमा एउटा चार वर्षकी बालिका किचिएर मृत्युवरण गरेको यो दुर्घटना हृदयविदारक छ । चालकको असावधानी या हेलचेक्ऱ्याइँले यस्तो दुर्घटना भएको भए त्यो खेदजनक र दण्डनीय घटना हो | यसको निर्क्योल राज्यका सम्बन्धित निकायले स्पष्ट र निष्पक्ष छानबिनपछि गर्ने नै छन् ।

यही गाडी केपी ओली चढेको गाड़ी भएको भए सोसल मिडियाको प्रतिक्रिया कस्तो हुन्थ्यो होला | त्यसलाई मनन गरेर हाम्रा भोलिका प्रतिक्रिया र बुझाइ पनि संवेदनशील बन्न(बनाउन सकिन्छ ।

कानुनले काम गर्छ, गर्न दिनुपर्छ । तर संवेदना देखाउने मान्छेले हो । त्यस्तो गम्भीर दुर्घटनामा संलग्न गाडीसँग पार्टीको नाम जोडिएपछि मानवीय संवेदना र जिम्मेबारी प्रस्तुत गर्दै पार्टी नेतृत्वले सार्वजनिक समवेदना दिनु आवश्यक छ । यसले पीड़ितलाई न्याय र सान्त्वना दुबै दिन सक्छ । भ्रम फैलाउन चाहनेलाई पनि ब्रेक लगाउन सक्छ । उत्तरदायी र संवेदनशील नेतृत्व आजको आवश्यकता हो ।

मृतक बालिकाप्रति हार्दिक श्रद्धाञ्जली

साझा गर्नुहोस्:

सम्बन्धित समाचार