००:००:००
ट्रेन्डिङ
राजनीति

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ फेब्रुअरी ८
34
राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै
सारांश

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक आज बस्दैछन् । आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्...

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक आज बस्दैछन् । आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

बिहान ११ः३० बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन उपर छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै बिहान बिहानको ११ः३० बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव सम्बन्धमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग छलफल हुनेछ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार