काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रिय सभा सदस्य पदमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले गुल्मीका अर्याललाई राष्ट्रिय सभा सदस्य पदमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो।
राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको पद रिक्त हुन्छ। यसरी रिक्त हुने पदमध्ये तीन जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने गरेका छन्।
यसअघि वामदेव गौतम राष्ट्रिय सभामा मनोनित भएका थिए। उनको कार्यकाल फागुन २० गते सकिएको छ। मन्त्रिपरिषदबाट सिफारिस भएका अर्याल राष्ट्रपतिबाट मनोनीत भएमा उनी आउँदो ६ वर्ष सांसद हुनेछन्।
राष्ट्रिय सभाका सांसद मन्त्री हुन पाउँछन् तर प्रधानमन्त्री हुने व्यवस्था छैन ।





