काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री जस्तो मान्छेले बोलाएको भएर सम्मानको लागि मात्र आएको बताएका छन् ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका प्रसाईंले सरकारसँगको वार्ता भंग भएपनि प्रधानमन्त्रीले चिठी पठाएर माघ २ गते वार्तामा आइदिनुपर्यो भनेपछि चिठीको सम्मानका लागि मात्र आएको बताए ।
उनले भने, ‘मैंले वार्ता भंग गरेको हुँ । सरकारसँग कुनै वैधानिकता छैन्, भएपनि वार्ता भंग गरें । त्यसपछि फेरि चिठी पठाउनु भएको थियो । माघ २ गते वार्तामा आइदिनु भन्नुभएको थियो । जे भएपनि महिला प्रधानमन्त्री जस्तो मान्छेले बोलाएको किन चित्त दुखाई दिनु भनेर म वार्ताको लागि आएको मात्र हो ।’सरकारसँग कुनै वैधानिकता नभएको कारण वार्ता भंग गरेको पनि उनको भनाई छ ।
प्रधानमन्त्रीको चित्त नदुखोस भनेर वार्तामा आएको हुँ : दुर्गा प्रसाईं

२०२६ जनवरी १६
242
580

सारांश
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री जस्तो मान्छेले बोलाएको भएर सम्मानको लागि मात्र आएको बताएका छन् ।
सम्बन्धित समाचार

सिन्धुली कांग्रेस प्रदेश सभापतिमा जनक राज पौडेलको उम्मेदवारी घोषणा
२०२६ सेप्टेम्बर २६

‘कार्की साइँला’को ट्रेलर सार्वजनिक, जितुको भारिया संघर्ष र प्रेमकथा
२०२६ सेप्टेम्बर ८

