मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
राजनीति

नवलपरासी १ को समस्या र संभावना नजिकबाट बुझेको छु : विनोद चौधरी

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ फेब्रुअरी ५
116
780
 नवलपरासी १ को समस्या र संभावना नजिकबाट बुझेको छु : विनोद चौधरी
सारांश

काठमाडौं ।नेपाली कांग्रेसका तर्फबाट नवलपरासी क्षेत्र नं। १ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार विनोद चौधरीले कांग्रेसभित्र गुटको राजनीति अन्त्य भएको ...

काठमाडौं ।नेपाली कांग्रेसका तर्फबाट नवलपरासी क्षेत्र नं। १ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार विनोद चौधरीले कांग्रेसभित्र गुटको राजनीति अन्त्य भएको बताएका छन् ।

बर्दघाट वडा नं। ७ मा आयोजित कांग्रेस कार्यकर्ता छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै उनले विगतमा पार्टीभित्रै रहेका गुटगत प्रवृत्तिका कारण तेस्रो पक्षले फाइदा लिने गरेको उल्लेख गर्दै अहिले त्यो अवस्थाको अन्त्य भएको दाबी गरे।

चौधरीले कांग्रेस अहिले स्पष्ट विकास र समुन्नतिको एजेण्डा बोकेर अघि बढिरहेको उल्लेख गर्दै स्थायी सरकार, आर्थिक रूपान्तरण र रोजगारी सृजना नै वर्तमान कांग्रेसको प्राथमिकता रहेको बताए।

उनले आफू निर्वाचनका लागि क्षेत्रमा नयाँ अनुहार नभएको भन्दै स्थानीय समस्या र आवश्यकतासँग पूर्ण रूपमा अवगत रहेको धारणा व्यक्त गरे ।

उनले आफ्नो पाँच वर्षे सांसद कार्यकालमध्ये जम्मा ३० महिना मात्र काम गर्न पाएको स्वीकार गर्दै धेरै काम अझै बाँकी रहेको बताए। ‘बाँकी काम पूरा गर्ने प्रतिबद्धता छ,’ उनले भने।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार