००:००:००
ट्रेन्डिङ
राजनीति

निर्वाचन आयोगमा धम्क्याउन पुग्यो देउवा समूह: विवाद झन् चर्किने संकेत

R
Rangamanch
1 दिन अगाडि
69
निर्वाचन आयोगमा धम्क्याउन पुग्यो देउवा समूह: विवाद झन् चर्किने संकेत
सारांश
काठमाडौं ।नेपाली कांग्रेसको आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको बेला सभापति शेरबहादुर देउवा पक्षधर नेताहरू निर्वाचन आयोग पुगेर कां...

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको बेला सभापति शेरबहादुर देउवा पक्षधर नेताहरू निर्वाचन आयोग पुगेर कांग्रेसको आधिकारिकता आफूसँग रहेको दाबी गरेका छन् । शेखर काेइराला, विमलेन्द्र निधि, मिनेन्द्र रिजाल लगायतका नेता आयोग पुगेर विशेष महाधिवेशन पक्षका ८ सय बढि सदस्यले हस्ताक्षर फिर्ता लिएको पनि बताएका छन् ।

पार्टीभित्रको विवाद चुलिँदै जाँदा गगन थापा नेतृत्वको समूहले भने विशेष महाधिवेशन सम्पन्न गरी नयाँ केन्द्रीय कार्यसमिति समेत चयन गरिसकेको छ। संस्थापन पक्षले उक्त महाधिवेशन र त्यसबाट चुनिएको समितिलाई अवैध भन्दै आएको छ भने ८ सय ८५ जनाले हस्ताक्षर फिर्ता लिएको पछिल्लो दाबीले विवादलाई नयाँ मोड दिएको छ। निर्वाचन आयोगले दुवै पक्षका दाबी र प्रमाणहरूको अध्ययन गरेपछि मात्र नेपाली कांग्रेसको आधिकारिकताका बारेमा अन्तिम निर्णय लिने देखिन्छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार