००:००:००
ट्रेन्डिङ
राजनीति

निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा दुर्गा प्रसाईं पक्राउ

K
kiran adhikari
२०२६ फेब्रुअरी ६
213
निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा दुर्गा प्रसाईं पक्राउ
सारांश

दुर्गा प्रसाईं पक्राउ

काठमाडौं, २३ माघ — ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्...

दुर्गा प्रसाईं पक्राउ

काठमाडौं, २३ माघ — ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्।

प्रसाईंलाई शुक्रबार काठमाडौंको दक्षिणकाली नगरपालिका–चाल्नाखेल क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो। निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएपछि सोही आधारमा उनलाई पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए।

यसअघि पनि प्रसाईं ५ माघमा पोखराबाट पक्राउ परेका थिए। कांग्रेसको विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि उनलाई पोखराबाट नियन्त्रणमा लिइएको थियो।

प्रसाईंका अभिव्यक्तिहरूले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले आवश्यक कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको थियो।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार