००:००:००
ट्रेन्डिङ
राजनीति

कांग्रेसले लोकतन्त्रको मर्म र बीपी कोइरालाको सिद्धान्त बिर्सँदै गएकाले पार्टी त्यागें : डा.अबुल हुसेन

Rangamanch
Rangamanch
6 घण्टा अगाडि
73
कांग्रेसले लोकतन्त्रको मर्म र बीपी कोइरालाको सिद्धान्त बिर्सँदै गएकाले पार्टी त्यागें : डा.अबुल हुसेन
सारांश
नेपाली कांग्रेसका नेता डा.अबुल हुसेन अन्सारीले नेपाली कांग्रेस परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्ने घोषणा गरेका छन् । उनले एमालेबाट...

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.अबुल हुसेन अन्सारीले नेपाली कांग्रेस परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्ने घोषणा गरेका छन् । उनले एमालेबाट प्रतिनिधि सभा सदस्यको टिकट नै प्राप्त गरेको दाबी गरेका छन् ।

लामो समय कांग्रेस राजनीतिमा सक्रिय रहेका अन्सारीले कांग्रेसभित्र बढ्दो किचलो, स्वार्थ केन्द्रित राजनीति र वैचारिक विचलनका कारण आफू निराश बनेको बताउँदै पार्टी त्याग्ने निर्णय गरेको स्पष्ट गरेका छन् ।

सार्वजनिक रूपमा जारी गरिएको आफ्नो धारणा (स्टाटस) मार्फत अन्सारीले जीवनको ऊर्जाशील समय नेपाली कांग्रेसमै खर्चिएको उल्लेख गर्दै राजनीतिका अनेक उतार–चढाव कांग्रेसमै रहेर पार गरेको बताए ।

तर पछिल्लो समय कांग्रेसले लोकतन्त्रको मर्म र बीपी कोइरालाको सिद्धान्त बिर्सँदै गएको अनुभूति भएको भन्दै ठूलो दुःख र भारी मनका साथ पार्टी छाड्न बाध्य भएको उनको भनाइ छ ।

सुनसरीमा आफूहरूले सधैँ बाहिरबाट आउने आगन्तुकलाई नेता मान्ने प्रवृत्ति हावी रहेको र स्थानीय योगदानको उचित मूल्याङ्कन कहिल्यै नभएको गुनासो पनि अन्सारीले व्यक्त गरे । यही कारण आगामी निर्वाचनमा नेकपा एमालेमा प्रवेश गरी सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ बाट चुनाव लड्ने घोषणा गरेका छन् ।

डा.अन्सारीले नेकपा एमालेले आफूलाई सम्मानसाथ पार्टी प्रवेश गराई विश्वास व्यक्त गरेको भन्दै एमालेको भरोसा र जनताको आशा कहिल्यै मर्न नदिने प्रतिबद्धता गरे ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार