००:००:००
ट्रेन्डिङ
राजनीति

कानुन बनाउने काममा अनुभवी छु, त्यसैले उम्मेदवार बनेको हुँ : घिमिरे

Rangamanch
Rangamanch
5 घण्टा अगाडि
0
कानुन बनाउने काममा अनुभवी छु, त्यसैले उम्मेदवार बनेको हुँ : घिमिरे
सारांश
कानुन व्यवसायमा सक्रिय भरत कुमार घिमिरेले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौं । कानुन व्यवसायमा सक्रिय भरत कुमार घिमिरेले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

उनले काठमाडौं क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गरेका हुन् । यसअघि राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले पनि सोही ठाँउबाट उम्मेदवारी दर्ता गराएका थिए । आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।

सोही क्रममा घिमिरेले आफ्नो ठाँउबाट आवश्यक मेहेनत गरेर अघि बढ्ने भन्दै जनता र मतदाताको आवाजलाई सदनमा जस्ताको त्यस्तै लैजाने बताए ।

उनले भने, ‘आफ्नो ठाँउबाट आवश्यक मेहेनत गर्न सक्छु । म जनता र मतदाताको आवाजलाई सदनमा लानेछु ।’
साथै, उनले कानूनमा विशेषज्ञता, राजनीतिक शास्त्र र समाजशास्त्रमा योग्यता लिएर विगतमा पालिकाहरुको कानून बनाउने कामहरुमा अनुभव भएको कारण सदनको लागि उपयुक्त हुन सक्छ भन्ने ठानेर उम्मेदवारी दिएको बताए ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार