कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह समर्थकहरूसहित कैलाली निर्वाचन क्षेत्र नम्बर १ को टिकापुर पुगेका छन् ।
मंगलबार उनले कैलाली निर्वाचन क्षेत्र नम्बर १ को टिकापुरस्थित सम्पर्क कार्यालयमा रास्वपा उम्मेदवार कोलम ज्ञवालीसँग भेटघाट गरेका हुन् ।
भेटका क्रममा बालेनले रास्वपा उम्मेदवार ज्ञवालीसँग आगामी प्रतिनिधिसभा निर्वाचन, सुशासन, स्थानीय तह सुदृढीकरण र जनअपेक्षाबारे छलफल गरेका छन् । कार्यक्रममा रास्वपाका कार्यकर्ता तथा समर्थकको बाक्लो उपस्थिति रहेको थियो।
मगलबार नै बालेन आफू निकट केपी खनालको निर्वाचन क्षेत्रमा पनि पुगेका थिए । कैलाली क्षेत्र नं २बाट उम्मेद्वार बनेका खनालले बालेनलाई २ नं सम्पर्क कार्यलयमा स्वागत गरेका थिए ।
चुनावी अभियान अन्तर्गत बालेनले भेटघाटलाई बाक्लो बनाएका छन् । यससँगै टिकापुर क्षेत्रमा रास्वपाको गतिविधि थप सक्रिय बन्दै गएको समेत देखिएको छ।





