००:००:००
ट्रेन्डिङ
राजनीति

जेन्जी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली

R
Rangamanch
2 घण्टा अगाडि
51
जेन्जी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली
सारांश
जेन्जी आन्दोलनपछि ओलीलाई सुशीला कार्की सरकारले उनलाई काठमाडौँ छाड्न बन्देज लगाएको थियो ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन २१ गते हुने निर्वाचनका लागि आज झापा जाँदैछन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न उनी बिहान १०ः२५ भद्रपुर जाने कार्यक्रम रहेको छ ।

जेन्जी आन्दोलनपछि ओलीलाई सुशीला कार्की सरकारले उनलाई काठमाडौँ छाड्न बन्देज लगाएको थियो । गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको छानबिन आयोगले बयान लिएसँगै उनको स्थान हद फुकुवा भएको थियो ।

झापा पुगेलगत्तै अध्यक्ष ओलीले जिल्लाका सबै क्षेत्रको निर्वाचन तयारीबारे जानकारी लिने र आफ्नै निर्वाचन क्षेत्र झापा–५ को तयारीबारे दमकमा स्थानीय नेताहरूसँग विस्तृत छलफल गर्ने कार्यक्रम रहेको छ ।

झापा–५ मा ओली, बालेन शाह र नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार