००:००:००
ट्रेन्डिङ
राजनीति

गगनलाई प्रधानमन्त्रीको उम्मेद्वार घोषणा गर्ने गरी कांग्रेसको बैठक बस्दै

R
Rangamanch
२०२६ जनवरी २३
107
 गगनलाई प्रधानमन्त्रीको उम्मेद्वार घोषणा गर्ने गरी कांग्रेसको बैठक बस्दै
सारांश
आजको बैठकमा सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने विषयमा छलफल हुने बताइएको छ ।

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, सानेपामा सुरु हुने पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिएका छन् ।

शर्माले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशनसहित अनुरोध गरिएको छ ।

आजको बैठकमा सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीलाई लैजाने विषयमा छलफल हुने बताइएको छ । थापा कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका हुन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार