००:००:००
ट्रेन्डिङ
राजनीति

एमालेको दाबी स् निर्वाचनमा ५४।५४ प्रतिशत नयाँ अनुहार उम्मेदवार छन्

Rangamanch
Rangamanch
२०२६ जनवरी २०
135
460
एमालेको दाबी स् निर्वाचनमा ५४।५४ प्रतिशत नयाँ अनुहार उम्मेदवार छन्
सारांश
कपा ९एमाले० ले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि देशका सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको जानकारी गराएको छ ।

काठमाडौं । नेकपा ९एमाले० ले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि देशका सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको जानकारी गराएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै एमालेले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूले पार्टीका नेता, कार्यकर्ता र जनताको उत्साहपूर्ण सहभागितामा र्यालीसहित निर्वाचन कार्यालय पुगेर उम्मेद्वारी दर्ता गराएको जानकारी गराएको हो ।

अध्यक्ष ओलीले झापा क्षेत्र नं। ५ बाट दिउँसो १ बजे प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वारी दर्ता गराएका हुन् ।

यसपाली नेकपा ९एमाले०ले अगाडि सारेको सिंगो उम्मेदवार संख्या मध्ये ५४।५४ प्रतिशत नयाँ अनुहार रहेका छन् । मधेस र सुदूरपश्चिममा ५०÷५० प्रतिशत र कोशीमा ५३।५७ प्रतिशत उम्मेद्वार नयाँ छन् ।

सबैभन्दा धेरै नयाँ उम्मेदवार कर्णाली प्रदेशमा ७५ प्रतिशत र कम लुम्बिनीमा ४२।३० प्रतिशत छन् । बागमती र गण्डकीमा यो संख्या क्रमशः ६०।६० प्रतिशत र ६१।११ प्रतिशत रहेको छ ।

नेकपा ९एमाले०ले यस निर्वाचनलाई हराएका र भत्किएका सपनाहरूलाई फेरि जगाउँदै नयाँ पुस्ताको सुन्दर भविष्य निर्माण गर्ने निर्णायक मोडका रूपमा लिनुका साथै संविधान र लोकतन्त्रको पक्षमा प्रतिगमनविरूद्धको जनमत संग्रहका रूपमा लिएको हुँदा आजको दिनलाई विशेष दिनका रूपमा लिएको छ ।

यसै सन्देशका साथ, अध्यक्ष ओलीले आफ्नो उम्मेदवारी दर्ता गराउनुअघि जेनजी आन्दोलनका नाममा विध्वंशकारीहरूबाट जलाइएका झापाका सरकारी तथा व्यक्तिगत घरलगायत भौतिक संरचनाहरूको निरीक्षण र पीडितहरूसँग भेट गरेर आफ्नो निर्वाचन अभियान आरम्भ गरेका छन् ।

निर्वाचनमा पार्टीका उपाध्यक्षहरू गोकर्ण विष्ट गुल्मी क्षेत्र नं। २ बाट, पृथ्वीसुब्बा गुरुङ लमजुङ र विष्णुप्रसाद पौडेल रूपन्देही निर्वाचन क्षेत्र नं। २ बाट उम्मेदवार बनेका छन् ।

महासचिव शंकर पोखरेलले दाङ निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएका छन् भने उपमहासचिवहरू लेखराज भट्ट कैलाली क्षेत्र नं ४ र रघुवीर महासेठ धनुषा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका छन् ।

त्यसैगरी सचिवहरू भानुभक्त ढकाल तेहथुम, शेरधन राई भोजपुर, डा। राजन भट्टराई काठमाडौं क्षेत्र नं ४ र महेश बस्नेतले भक्तपुर क्षेत्र नं २ मा उम्मेदवारी दिएका छन् । यस्तै पार्टीका नेता ईश्वर पोखरेल काठमाडौ क्षेत्र नं। ५ बाट उम्मेदवार बनेका छन् ।

नेकपा ९एमाले० ले यस निर्वाचनलाई सामान्य आवधिक निर्वाचनको रूपमा मात्रै नहेर्न आम मतदातासँग अपिल र अनुरोध गरेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, संवैधानिक सर्वोच्चता, कानुनी शासन, मानवअधिकारको संरक्षण र प्रवद्र्धन, सामाजिक न्यायसहितको समृद्धिका लागि नेकपा (एमाले) को नेतृत्वमा तय भएका राष्ट्रिय लक्ष्य र आंकाक्षा हासिल गर्न नेकपा (एमाले) बाट प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी मनोनयन गरेका उम्मेदवारहरूलाई आफ्नो अमूल्य मतदान गरी विजयी गराउन अपिल पनि गरेको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार